कञ्चनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको अध्यक्षमा शिशिर पिके चयन

काठमाडौ/२६ फागुन ।
नेकपा माओवादी केन्द्र
कञ्चनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको अध्यक्षमा शिशिर पिके चयन भएका छ्न ।
शनिबार काठमाडौको कोटेश्वरस्थित हिमालय कलेजको बैठक हलमा भएको समन्वय समितिको पाँचौ भेलाले शिशिर पिकेको नेतृत्वमा २१ सदस्यीय कार्य समिती गठन गरेको हो ।
त्यसैगरी उपाध्यक्षमा विमला एस.के.,लक्ष्मी लम्साल, सचीवमा भुवन पार्की, सह-सचीवमा राजकुमारी बडायक र कोषाध्यक्षमा सुनिल चौधरी त्यस्तै सदस्यहरूमा निर्मला भट्ट,श्रीदेवी धानुक,कमला शाह,प्रकाश बोहरा,लक्ष्मी गौतम,दिपक खड्का,उमेश चौधरी,सुनिल रोकाया,धनबिर रावल,विजय चौधरी, महेश चौधरी,सुरज प्रकाश राना निर्विरोध चयन भएका छन् । १९ जनालाई भेलाले सर्वसम्मत रुपमा चयन गरेपनी २ जना मनोनित गरिने निर्वाचन अधिकृत राजेश खड्का”समर” ले जानकारी दिए ।
मञ्चका पुर्व अध्यक्ष चन्द्रदेव भट्टको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथीमा केन्द्रिय सहसचिव डिलाराम आचार्य,विशिष्ट अतिथीमा राष्ट्रिय सभा सदस्य रेनु चन्द र राष्ट्रिय सभा सदस्य श्रीकृष्ण अधिकारी “विवेक”, रहनुभएको थियो । भने केन्द्रिय सदस्य्य पदमराज जोशी,केन्द्रिय सदस्य मोहनदेव बिष्ट, ट्रेड युनियन महासंघ केन्द्रिय सदस्य हरि लम्साल लगायतका व्यक्तिहरुको आतिथ्यता रहेको थियो भने कार्यक्रमको सञ्चालन सम्पर्क समन्वय समितिका पुर्व उपाध्यक्ष विमला चन्दले गर्नुभएको थियो ।
Comments are closed.