web analytics

सांसद तथा पूर्व उपसभामुख तामाङद्वारा संयुुक्त राष्ट्र संघको ध्यानाकर्षण

 

काठमाडौ । प्रदेश सांसद तथा पूर्व उपसभामुख राधिका तामाङले संयुक्त राष्ट्र संघ (यूएन)लाई नेपाली आदिवासी जनजाति तथा दलित महिलाको अवस्था बारे जानकारी गराउनु भएको छ ।
सांसद तामाङले अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा भएको महिलाको अवस्था सम्बन्धी आयोगको ६८ औँ अधिवेशनमा नेपाली आदिवासी जनजाति तथा दलित महिलाको अवस्था र भावी नीति सम्बन्धी प्रस्तुति दिंदै महिलाको सशक्तीकरणकाे लागि ध्यानाकर्षण गराउनुभएकाे हाे ।
मार्च ११ देखि २२ सम्म संचालन हुने संयुक्त राष्ट्र संघीय महिला आयाेगकाे अधिवेशनकाे अतिरिक्त उहाँ अमेरिकामा रहेको नुवाकोट समाज, तामाङ समाज अमेरिका लगायतका संघ संस्थाको कार्यक्रममा व्यस्त हुनुहुन्छ ।

वाग्मती प्रदेशसभा सदस्य तामाङ यूएनको निमन्त्रणामा फागुन २६ गते अमेरिका प्रस्थान गर्नु भएको थियो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.