web analytics

पुनर्वासमा नेपाल तामाङ घेदुङ सु.प.को दोस्रो अधिवेशन चैत्र १७ मा हुने

कञ्चनपुर/१५ चैत ।
पुनर्वासमा नेपाल तामाङ घेदुङ सुदुरपश्चिम प्रदेशको दोस्रो अधिवेशन चैत्र १७ गते हुने भएको छ ।
पुनर्वास न्यू सम्राट रेष्टुरेण्टको सभाहलमा हुन गईरहेको सो दोस्रो अधिवेशनले नेपाल तामाङ घेदुङ सुदुरपश्चिम प्रदेशको नयाँ कार्यकारीणी समिति चुन्ने बताईएको छ । त्यस अवसरमा नेपाल तामाङ घेदुङको संघीय उपाध्यक्ष मान बहादुर तामाङ, संघीय प्रतिनिधि सभा सदस्य तारालामा तामाङ लगायतका व्यक्तित्वहरुको उपस्थिति रहने नेपाल तामाङ घेदुङ सुदुरपश्चिम प्रदेशका सह-सचिव भिमलाल मोक्तानले बताउनुभयो ।

नेपाल तामाङ घेदुङको परिचय

नेपाल तामाङ घेदुङको स्थापना २०१३ सालमा भएको हो । त्यस बखत नेपाल तामाङ समिति मार्फत गठन गरिएको थियो |
सामाजिक,सामुदायिक संस्थाहरुमा थारु कल्याणकारिणी सभापछि नेपाल तामाङ घेदुङ नै सबैभन्दा पुरानो संस्था मानिन्छ । आजसम्म यो संस्थाले ६२ बर्ष लामो जीवन व्यतित गरिसकेको छ । नेपाल तामाङ घेदुङ तामाङ समाजको हित चाहने एक लाभ निरपेक्ष, साझा र राष्ट्रिय स्तरको समुदायमा आधारित सामाजिक संगठन हो । यो आदिवासी जनताको संगठनकोरुपमा चिनिन्छ । यसले लोकतान्त्रिक प्रक्रियालाई अवलम्बन गर्दछ र समुदायको प्रतिनिधिद्वारा आफ्नो नेतृत्वको
चयन गर्दछ । यसको गाउँदेखिबकेन्द्र सम्मका नेतृत्व चयन हरेक एक अवधिका लागि लोकतान्त्रिक विधिद्वारा हुने गर्दछ । यसले तामाङ समाजको धार्मिक,साँस्कृतिक, सामाजिक एवं राजनीतिक विषयमा समेत साझा अवधारणा र सहमतिको निर्माण गर्दछ र त्यसलाई आफ्नो
सञ्जालमार्फत संसारभरि कार्यान्वयन गराउन पहल गर्दछ ।
अहिले तामाङ समाजले ग्रहण गरेका र कार्यान्वयन भइरहेका तामाङ भेषभूषा, लिपि, जन्मदेखि मृत्युसम्मका संस्कार एवं सोनाम ल्होछार परम्परा जस्ता यावत् कुराहरु नेपाल तामाङ घेदुङदेखि तामाङ अन्तर्राष्ट्रिय सम्मेलनद्वारा पारित अनुमोदित विषयहरु हुन् । जसको लागि घेदुङले राष्ट्रिय/अन्तर्राष्ट्रिय तहमा बहस, छलफल चलाएको थियो । नेपाल तामाङ घेदुङले तामाङ समाजको साँस्कृतिक पुनर्जागरणको क्षेत्रमा काम गर्नुका साथै तामाङ समुदायको राजनीतिक अधिकार र तामाङ जातिको ऐतिहाँसिक भूगोल ताम्सालिङ प्रदेश निर्माण गर्ने आन्दोलनलाई समेत अहिले
जोडदार ढंगले अघि बढाइरहेको छ । यसको लागि घेदुङको पहलमा विभिन्न राजनीतिक दल सम्बद्ध तामाङ संगठनहरुको ताम्सालिङ संघर्ष समितिको निर्माण र त्यसको सचिवालयको समेत भूमिका घेदुङले नै निर्वाह गरिरहेको छ । यी सबै प्रक्रियाको विकासद्वारा तामाङ समाजलाई संगठित गर्ने, रुपान्तरण गर्ने, असली तामाङको पहिचान उसको आदिवासीपन र उसको आदि भूमि र स्वशासनको अधिकारको लागि समेत नेपाल तामाङ घेदुङको महत्वपूर्ण पहलकदमी रहँदै आएको छ ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.