फेकनको कार्यकारी सदस्यमा रिजन मडैको उम्मेदवारी
शैक्षिक परामर्श व्यवसाय सुदृढ बनाउने विदेशबाट समेत विद्यार्थीलाई नेपालमा अध्ययन गर्न आकर्षित गर्ने वातावरण निर्माणका लागि फेकन मार्फत पहल गर्ने अठोट

काठमाण्डौ: स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को कार्यकारी सदस्य पदमा बैतडीका रिजन मडैले उम्मेदवारी दिएका छन्। बैतडीको सुर्नया गाउँपालिका–५ स्थायी घर भएका मडैले यही वैशाख २७ गते हुने निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
हाल काठमाडौंमा रहेको डायस्पोरा एकेडेमी का संस्थापक तथा कार्यकारी अधिकृत रहेका मडैले संघको सक्रियता र प्रभावकारिता अभिवृद्धि गर्न आफूले उम्मेदवारी दिएको बताएका छन्।
“सदस्यहरूको हकहितका लागि आवाज उठाउने र व्यवसायिक क्षमता विकासमा संघमार्फत योगदान पुर्याउने लक्ष्यसहित उम्मेदवारी दिएको हुँ,” मडैले भने। सदस्यहरूको सुझावलाई प्राथमिकतामा राखी काम गर्ने प्रतिबद्धता जनाउँदै उनले नीति निर्माण तहमा देखिएका समस्या समाधान गर्न आफू क्रियाशील रहने जनाए।
उनले नेपालमै होइन, विदेशबाट समेत विद्यार्थीलाई नेपालमा अध्ययन गर्न आकर्षित गर्ने वातावरण निर्माणका लागि फेकन मार्फत पहल गर्ने अठोटसमेत व्यक्त गरेका छन्।
हाल फेकनको साधारण सदस्य रहेका मडैले संघको आगामी कार्यकालमा कार्यकारी सदस्यका रूपमा योगदान दिने अवसर पाउन सबै सदस्यहरूसँग समर्थन र सहयोगको अनुरोध गरेका छन्।
Comments are closed.