web analytics

हाम्रो बारे

उन्नत लोकतन्त्र, गणतन्त्र जस्ता जनउत्तरदायी शासन व्यवस्थाको परिकल्पना गर्दा प्रेस स्वतन्त्रता पनि संगै जोडिएर आउने विषयवस्तु हुन । लोकतान्त्रिक व्यवस्थालाई थप जनमुखी र उत्तरदायी बनाउन यस्तो शासन व्यवस्थामा प्रेसले निरन्तर खबरदारी गरीरहनु पर्दछ । र जनाधिकारको रक्षाका लागि आफुलाई समुद्री किनारको चट्टान झैं उभ्याईरहनु पर्दछ । तर जनअधिकार रक्षाका लागि आफूलाई उभ्याईरहदा महत्वाकांक्षी शासक वर्ग र प्रेसबिच मुठभेठकी माहोल सिर्जना भईरहेको हुन्छ ।
जसको कारण प्रेसले चुनौतीहरुसंग निरन्तर सामना गरीरहनु पर्ने हुन्छ । तर यसको वावजुद पनि जनपक्षीय प्रेसको विजय अवश्यम्भावी हुने गर्दछ । यसकुरामा हामी चट्टानी अक्षर जत्तिकै विश्वस्त छौ ।विश्वभरी छरीएर रहेका सम्पूर्ण नेपाली भाषी जनसमुदाय माझ नेपालमा संस्थागत भैरहेको लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनाधार बनाउने पवित्र उद्देश्यका साथ यो डिजिटल पत्रिका मार्फत तपाईं समक्ष आएका छौ । मातृभूमिप्रतिको जिम्मेवारी बोधले विश्वको जुनसुकै कुनामा बसेपनी चैनसंग बस्न नदिदो रहेछ, शायद विदेशी भूमिमा बसीरहेका नेपालीका लागी देशभक्तिको परिभाषा यो नै हो । त्यसैले मातृभूमि प्रतिको गहन जिम्मेवारीलाई आत्मसात गर्दै हामी तपाईं समक्ष आएका छौ । हाम्रो विचारमा तपाईको सहमति छ भने आउनुस देश निर्माणका लागि एकाकार हुँदै हातेमालो गरौ ।