web analytics

सिड्नीको बोन्डाई बीचमा आतंककारी आक्रमण,१६ जनाको मृत्य, २९ घाइते

 

सिड्नी, १५ डिसेम्बर ।
नेपालीहरुको उल्लेख्य बसोबास रहेको अष्ट्रेलियाको सिड्नीमा विश्वलाई तरंगित बनाउने आतंककारी आक्रमण भएको छ ।

सिड्नीस्थित विश्वप्रसिद्ध बोन्डाई बीचमा यहूदी समुदायको धार्मिक पर्व हनुक्का (Hanukkah) मनाइरहेका बेला भएको भीषण गोलीबारीमा कम्तीमा १६ जनाको ज्यान गएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन् । प्रहरीले घटनालाई आतंकवादी हमला को रूपमा लिँदै व्यापक अनुसन्धान थालेको छ ।

सधै भिडभाड रहने बोन्डाई बिच नेपालीहरुको पनि रोजाइको गन्तव्य हो । यति ठुलो आतंककारी घटना पछी नेपाली समुदाय पनि त्रसित बनेको छ । खास गरि सिड्नीमा बसोबास गर्नेका परिवार र आफन्तहरुमा समेत चिन्ताको विषय बनिरहेको छ ।

शनिबार साँझ करिब ६:४५ बजे ‘Chanukah by the Sea’ नामक कार्यक्रममा सयौँ मानिस सहभागी भइरहेका बेला दुई जना बन्दुकधारीले भीडमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए । अचानक भएको आक्रमणपछि कार्यक्रमस्थलमा भागाभाग मच्चिएको थियो । आतंककारी २४ बर्षिय नभिद अक्रम र उनका ५० बर्षका साजित अक्रम बुवा रहेको बताइएको छभने आतंककारी बुवालाई प्रहरीले घटनास्थलमै मारेको छ । नभिदलाई गम्भीर घाइते अवस्थामा अस्पताल भर्ना गरिएको छ । उनिहरु को थिए, कसलाई लागि काम गरेका थिए भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

भीडमा गोली, समुद्रतर्फ भागाभाग

प्रत्यक्षदर्शीहरूका अनुसार गोली चल्न थालेपछि सहभागीहरू समुद्र, सडक र नजिकका भवनतर्फ भागेका थिए । बालबालिकासहितका परिवारहरू ज्यान जोगाउन लुकेका थिए भने केही मानिस घाइते अवस्थामा जमिनमै ढलेका थिए ।

एक आक्रमणकारी मारिए, अर्का पक्राउ 

न्यु साउथ वेल्स प्रहरीले दिएको जानकारी अनुसार घटनामा संलग्न एक बन्दुकधारी प्रहरी कारबाहीमा मारिएको छ भने अर्काे गम्भीर घाइते अवस्थामा पक्राउ परेका छन् । घटनास्थल नजिकै दुई वटा विस्फोटक उपकरण समेत फेला परेको र बम डिस्पोजल टोलीले ती निष्क्रिय गरेको प्रहरीले जनाएको छ।

गोलीबारीमा मृत्यु हुने र घाइते हुनेहरू १० वर्षदेखि ८७ वर्षसम्मका रहेका छन्। मृतकमध्ये एक बालक र एक यहूदी धार्मिक नेता (रब्बी) समेत रहेको पुष्टि भएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतक संख्या अझै बढ्न सक्ने बताइएको छ ।

आक्रमणको भिडियो 

https://vt.tiktok.com/ZSPUEp7E6/

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा एक नागरिकले बहादुरी देखाउदै बन्दुकधारीको हतियार खोसेको देखिन्छ । उक्त साहसिक कदमका कारण उनले धेरै मानिसको ज्यान जोगिएका छन ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनेसे ले घटनाको कडा शब्दमा निन्दा गर्दै यसलाई “भयानक र अवर्णनीय दुष्टता” भनेका छन् । उनले यहूदी समुदायप्रति सरकारको पूर्ण समर्थन रहेको र दोषीलाई कानुनको कठघरामा ल्याइने बताएका छन् ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Below Article Content Ads

Comments are closed.