web analytics

विपिन जोशीको निधन: इजरायली अधिकारीद्वारा परिवारलाई औपचारिक जानकारी

काठमाडौ/असोज २७
इजरायली अधिकारीहरूले विपिन जोशी जिवित नरहेको परिवारलाई औपचारिक रूपमा जानकारी गराएका छ्न । दुई वर्षअघि हमासको कब्जामा परेका जोशीको मृत्युवारेको खबर इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी र इजरायली सेनाका कमाण्डरले अमेरिकामा बसोबास गर्ने आमा र बहिनी तथा नेपालमा रहेका आफन्त किशोर जोशीलाई जानकारी गराएका हुन्। यो जानकारी नेपाली राजदूत धनप्रसाद पण्डितले फोनमार्फत पुष्टि गरेका छन्।

हमास समूहले विपिन जोशीलाई किबुज आलुमिमबाट २०८० असोज २३ मा अपहरण गरेको थियो। सोही वर्ष मंसिरसम्म उनको जीवित भएको भिडियो सार्वजनिक गरिएको थियो। आज हमासले आफ्नो कब्जामा रहेका २० जना व्यक्ति इजरायल सरकारलाई हस्तान्तरण गरेको छ।

राजदूत पण्डितले भने, “विपिन जोशी जीवित हुनुहुन्न भन्ने दुःखद खबर औपचारिक रूपमा प्राप्त भयो। इजरायली अधिकारीले पहिला मलाई जानकारी दिए, त्यसपछि परिवारजनलाई जानकारी गराइयो। उनको शवको अवस्था यकिन छैन।”

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Below Article Content Ads

Comments are closed.