web analytics

झोले र जोईटिङ्ग्रेको “ए सोल्टीनी” गीतको म्युजिक भिडियो सार्वजनिक

कञ्चनपुर/४ मङ्सिर – सामाजिक सञ्जाल फेसबुक र टिकटकमा चर्चित झोले र जोईटिङ्ग्रे नामका लोकेश पाल र केशव शिवाकोटीले अभिनय गरेको ‘ए सोल्टीनी’ गीतको म्युजिक भिडियो Dekendra Production को आधिकारिक YouTube च्यानलमार्फत सार्वजनिक भएको छ। भिडियो सार्वजनिक हुनासाथ दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।

गीतमा लोकेश पाल, दिव्या कडेंल र केशव सिवाकोटीको अभिनय रहेको छ भने गीतका गायक कुसल ढकाल,रचना र संगीत डेकेन्द्र श्रेष्ठको रहेको छ । म्युजिक भिडियोका निर्देशनक प्रवेश सिंह हुन भने कोरियोग्राफर सन्तोष अवस्थी तथा क्यामेराम्यान सुमन धामी हुन्। म्युजिक भिडियो कञ्चनपुर पुनर्वासका विभिन्न पर्यटकीय स्थलहरूमा छायांकन गरिएको छ र यसले स्थानीय सौन्दर्य, संस्कृति र प्राकृतिक दृश्यलाई मनमोहक ढङ्गले प्रस्तुत गरेको छ।

निर्माताका अनुसार, गीतको उद्देश्य स्थानीय पर्यटन, कला र संस्कृतिलाई देश–विदेशमा प्रवर्द्धन गर्नु रहेको छ। दर्शकहरूले भिडियो हेरेर माया र समर्थन देखाउन आग्रह गरिएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.