web analytics

पुनर्वासमा भोलि दोस्रो विज्ञान प्रदर्शनी हुँदै, ड्रोन र हवाईजहाज उडानसहित भव्य कार्यक्रम

कञ्चनपुर/७ कार्तिक ।
पुनर्वासमा भोलि कार्तिक ८ गते दोस्रो विज्ञान प्रदर्शनी–२०८२ भव्य रूपमा आयोजना हुने भएको छ। पुनर्वास जनता माध्यमिक विद्यालय, पुनर्वास–६ को प्राङ्गणमा हुने प्रदर्शनीको उद्घाटन बिहान १०:३० बजे विभिन्न सामुदायिक तथा सांस्कृतिक झाँकीसहित गरिनेछ।

कार्यक्रमको विशेष आकर्षणका रूपमा सुदूरपश्चिमकै सबैभन्दा ठूलो ड्रोन उडान र सुदूरपश्चिममै निर्माण गरिएको हवाई जहाजको उडान प्रदर्शन रहने बताईएको छ ।

यस वर्षको Science-Tech Expo 2.0 मा कञ्चनपुरका चार पालिकाअन्तर्गतका करिब ४० विद्यालय सहभागी हुने अनुमान गरिएको छ। प्रतिस्पर्धात्मक रूपमै आयोजना गरिएको प्रदर्शनीमा विद्यार्थीहरूले आफ्ना वैज्ञानिक मोडल, प्रविधिमूलक नवप्रवर्तन, अनुसन्धान, र सिर्जनात्मक आविष्कारहरू प्रस्तुत गर्ने आयोजकले बताएका छन ।

मुख्य आयोजक सुदूरपश्चिम आविष्कार केन्द्र, पुनर्वास–६ ले अभिभावक, शिक्षक, सरोकारवाला तथा स्थानीयवासी सबैलाई उपस्थित भई बालबालिकाका आविष्कार अवलोकन गर्दै उनीहरूलाई हौसला प्रदान गर्न आग्रह गरेको छ।   सुदूरपश्चिममा विज्ञान तथा प्रविधि क्षेत्रको विकास र नवप्रवर्तन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रदर्शनी क्षेत्रकै महत्वपूर्ण वैज्ञानिक उत्सवका रूपमा हेरिएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.