web analytics

सुन–चाँदीको मूल्य उकालो, एकैदिन सुन ९ सयले महँगियो

काठमाडौं / ९ पुस
नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य आज प्रतितोला ९ सय रुपैयाँले बढ्दै २ लाख ६८ हजार १०० रुपैयाँ पुगेको छ। यसअघि सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँ रहेको थियो।
पुस महिनाको सुरुवातमा प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य महिनाको ९ गतेसम्म आइपुग्दा करिब ९ हजार रुपैयाँले उक्लिएको हो।
यस्तै, चाँदीको मूल्य पनि आज उल्लेख्य रूपमा बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ४२० रुपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य ४ हजार २५५ रुपैयाँ थियो।
यसरी आज मात्र चाँदीको मूल्य तोलामा १६५ रुपैयाँले वृद्धि भएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.