कालिका बजार व्यवस्थापन समितिको नयाँ नेतृत्व चयन
पुनर्वास /साउन २६
पुनर्वास नगरपालिका–३ स्थित कालिका बजार व्यवस्थापन समितिको नयाँ समिति गठन गरिएको छ।
निर्वाचन प्रक्रियाबाट गठन भएको नयाँ समितिको अध्यक्षमा मान ब. तामाङ निर्वाचित भएका छन्। उपाध्यक्षमा बिष्णु अधिकारी, सचिवमा किशोर तामाङ, सहसचिवमा राजेन्द्र पौडेल र कोषाध्यक्षमा पार्वती थापा चयन भएका छन्।
त्यसैगरी, सदस्यमा तिल कुमार श्रेष्ठ, बाबुराम बि.क., अवधेश जैसी, तेल बहादुर तामाङ, विशाल लामिछाने र काशीनाथ बिष्ट रहेका छन्।
निर्वाचक मण्डलमा संयोजकका रूपमा लक्ष्मण थापा, सदस्यमा कमल मल्ल र सेते बिश्वकर्मा रहेका थिए।
नयाँ नेतृत्वले बजारको सरसफाइ, पूर्वाधार सुधार र व्यापारीहरूको हितका लागि योजनाबद्ध कार्यक्रम अघि बढाउने बजारबासीहरुले अपेक्षा छ ।




Comments are closed.