“कहाँ छौ भगवान”को म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ/ जीवनका चुनौतीपूर्ण क्षणहरू, मौन पीडा र भगवानसँगको अन्तर्आत्मिक संवादको कथा बोकेको नयाँ नेपाली गीत “कहाँ छौ भगवान” सार्वजनिक गरिएको छ। कलाकारहरूको दमदार अभिनय र मन छुने संगीतसँगै सार्वजनिक भएको यो गीतले दर्शक–श्रोताको मन छुने अपेक्षा गरिएको छ।
गीतमा स्वर लोकप्रिय गायिका चाँदनी शाक्यले दिएकी छिन्।
गीतका शब्द र संगीत डेकेंद्र श्रेष्ठले रचना गरेका हुन् भने श्याम महर्जनले एरेन्ज, मिक्सिङ तथा रेकर्डिङको जिम्मा सम्हालेका छन्। गीतको रेकर्डिङ Audio Drive RC स्टुडियोमा सम्पन्न गरिएको हो।
गीतको म्युजिक भिडियोमा कलाकारहरू सुनिल लो, हिरा महरा, केशव शिवाकोटी र कविता परियारको अभिनय देख्न सकिन्छ। यसलाई प्रवेश सिंहले निर्देशन गरेका हुन्।
भिडियोमा ध्रुव भट्ट (DB) को सिनेमाटोग्राफी, सन्तोष अवस्थीको आर्ट निर्देशन तथा कोरियोग्राफी, र समिर सुनारको सह–कोरियोग्राफी रहेको छ।
राजेश कुमारले भिडियोको एडिट तथा कलरिङ गरेका छन् भने पोस्ट–प्रोडक्सनको काम Video Bank ले सम्हालेको छ।
समग्र व्यवस्थापन कुशल ढकालले गरेका छन्।
भावनात्मक कथालाई वास्तविक जीवनजस्तै उतार्न सकिएको, कलाकारहरूको अभिनय स्वाभाविक रहेको र गीतले वर्तमान समाजमा मानिसले भोग्ने अन्तर्मनका चोटहरू प्रभावकारी रूपमा चित्रण गरेको दर्शकहरुको प्रतिक्रिया आइरहेको छ।
हेर्नुस् भिडियो …




Comments are closed.