“झोले” उपनामले चर्चित टिकटक स्टार लोकेश पाल ठकुरी अभिनित ‘ओई कान्छी’ सार्वजनिक
धनगढी । “झोले” उपनामले चर्चित टिकटक स्टार लोकेश पाल ठकुरी अभिनित नयाँ देउडा गीत ‘ओई कान्छी’ सार्वजनिक भएको छ । नेपाली देउडा परम्परालाई आधुनिक शैलीमा प्रस्तुत गरिएको यस गीतमा इश्वर ओझा र रेखा जोशीले स्वर दिएका छन् ।
गीतका शब्द र संगीतमा इश्वर ओझाको साथमा डिल्लीराज जोशीको समेत योगदान रहेको छ । मालाश्री स्टुडियोमार्फत एरेञ्ज, मिक्सिङ र रेकर्डिङ गरिएको यो गीतमा लोकेश पाल ठकुरी र मन्नु भट्टको अभिनय देख्न सकिन्छ ।
भिडियोको निर्देशन र कोरियोग्राफी रमेश बिजुली बिसीले गरेका छन् । भिडिओ छायांकन दया चौधरीले गरेका हुन् ।
सुदूरपश्चिमेली मौलिक देउडा संस्कृतिलाई समेटिएको ‘ओई कान्छी’ इश्वर ओझाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।




Comments are closed.