web analytics

पुनर्वासको बुद्ध बस्तीमा असोज ११ देखि १५औँ रनिङ चाँदीकप खुला पुरुष फुटबल प्रतियोगिता हुने

कञ्चनपुर, १४ भदौ।
पुनर्वास नगरपालिका–७ बुद्ध बस्ती (च गाउँ) स्थित श्री सिद्धार्थ युवा क्लबको आयोजनामा हुने १५औँ संस्करणको रनिङ चाँदीकप खुला पुरुष फुटबल प्रतियोगिता आगामी असोज ११ गतेदेखि सुरु हुने भएको छ।

आयोजक समितिका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। यसपटक नेपालका विभिन्न स्थानका उत्कृष्ट क्लब र खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। फुटबल खेलमार्फत युवालाई अनुशासित, खेलमैत्री र सामाजिक रुपान्तरणमा प्रेरित गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ।

प्रतियोगितामा विजेता हुने टोलीले नगद रु. २,२२,०००, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई नगद रु. १,११,०००, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका सचिव सुक बहादुर तामाङले जानकारी दिनुभयो।

देश तथा विदेशमा रहेका दर्शकहरूको चाहनालाई ध्यान दिँदै प्रतियोगिता goalnepal.com मार्फत प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।

प्रतियोगिता सम्बन्धी थप जानकारीका लागि क्लबका अध्यक्ष प्रकाश तामाङ (९८१५६२५१२३) वा सचिव सुक बहादुर तामाङ (९८४१४०५१९९)लाई सम्पर्क गर्न सकिनेछ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Below Article Content Ads

Comments are closed.