web analytics

पुनर्वासमा वडा अध्यक्ष कपको सम्पुर्ण तयारी पुरा ,खेल कार्तिक २३ देखि शुरू हुने

 

-किशोर तामाङ
कञ्चनपुर २२ कार्तिक, २०८१
पुनर्वासमा वडा अध्यक्ष कपको सम्पुर्ण तयारी पुरा भएको छ ।
कञ्चनपुरको पुनर्वासमा जिल्ला निर्वाचन क्षेत्र नं. १ स्तरीय अन्तर क्लब पुरुष फुटबल प्रतियोगिता-२०८१ वडा अध्यक्ष कपको सम्पुर्ण तयारी पुरा भएको हो।
आयोजकले पत्रकार सम्मेलनको आयोजना गर्दै खेलकुदको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएका छन् । पुनर्वास नगरपालिका वडानम्बर ६ को सभाहलमा आयोजित पत्रकार सम्मेलनमा “खेलकुद हाम्रो सान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान” भन्ने मूल नाराका साथ त्रिभुवन युवा क्लबको घरेलु खेल मैदानमा यही कार्तिक २३ गतेदेखि सो फुटबल प्रतियोगिता हुनेछ ।

वडानम्बर ६ को वार्षिक कार्यतालिका अनुसार वडा कार्यालयको प्रवर्द्धन र त्रिभुवन युवा क्लबको आयोजनामा सो प्रतियोगिता हुन लागेको त्रिभुवन युवा क्लबका अध्यक्ष जीत बहादुर तामाङले जानकारी दिनुभयो । उहाँले यस खेलको आयोजनासँगै आगामी दिनमा फुटबल खेलको विकासका साथै खेलप्रति आकर्षण बढाउन तथा स्थानीय तहमा युवाहरूको सक्रियता जनाउन यस्ता प्रकारका फूटबल प्रतियोगिता आवश्यक रहेको बताउनु भयो ।
यसैगरी फुटबल खेलमा आफ्नो जीवन समर्पण गरीरहेका खेलाडीहरूका लागि र खेलको माध्यमबाट स्वस्थ समाज निर्माण गर्न तथा सामाजिक विकृति हटाउने उद्देश्यका साथ वडाले खेलकुदमा बजेट छुट्याएको वडानम्बर ६ का वडाध्यक्ष मित्रसिंह लामाले बताउनुभयो। साथै उहाँले विकास निर्माण बाटोघाटो ,भवन निर्माण , शिक्षा स्वास्थ्य मात्र नभई यस संगसंगै वर्तमान अवस्थामा स्वस्थ रहनका लागि घरभित्रै अनावश्यक ईन्टरनेटको कुलतमा लागेका युवाहरूलाई फ्रि फाईर पपजी जस्ता खेलहरूबाट बाहिर निकाल्न र शारिरिक तन्दुरुस्तीका लागि खेलकुद अनिवार्य रहेको औल्याउनु भयो।उहाँले खेलकुदको विकासका निम्ति सही ठाउँ सही समय अवलम्बन गर्नु पर्ने र खेलकुदमा रुचि भएकाहरूलाई सानैदेखि प्रशिक्षण दिए अवश्य पनि लगानी खेर नजाने बताउनुभयो ।
त्यसै गरी मन्तव्यको क्रममा पुनर्वास उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार रायमाझीले ग्रामीण क्षेत्रको खेलकुद विकास र खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गर्न लागेकोमा आयोजकलाई धन्यवाद दिनुहुँदै कञ्चनपुरको दक्षिणी भेग फुटबल खेलाडीको हब रहेको बताउनुभयो । उहाँले कञ्चनपुरमा राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा दक्षिणी क्षेत्रको ठुलो भूमिका रहेको जिकिर गर्नुभयो । साथै उहाँले पुनर्वासमा खेलकुदको क्रेज भएकै कारण गाउँ गाउँमा विभिन्न प्रतियोगिताहरू हुँदै आएको बताउनुभयो । उहाँले स्थानीय स्तरबाट राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा सदैव उद्योग वाणिज्य संघ सकारात्मक रहेको र खेलकुदको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गर्नुभएको थियो ।

जिल्ला निर्वाचन क्षेत्र नं. १ स्तरीय अन्तर क्लब पुरुष फुटबल प्रतियोगिता-२०८१ वडा अध्यक्ष कप विगत वर्षहरुमा निर्वाचन क्षेत्र नं. १ स्तरीय गरिदै आएकोमा यस बर्ष देखि अन्तर क्लब पुरुष फुटबल प्रतियोगिता-२०८१ वडा अध्यक्ष कप गर्न लागिएको क्लबका सचिव भरत बोहोराले जानकारी दिनुभयो । सचिव बोहोराले खेलमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतका २२ टिमको सहभागिता रहेको बताउनुभयो। साथै उहाँले प्रतियोगितामा विजेता हुने टिमले नगद १ लाख ट्रफी, मेडल र प्रमाणपत्र पाउने, दोस्रो हुने टिमले नगद ५५ हजर रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने जानकारी दिनुभयो । यस्तै, व्यक्तिगत विधामा समेत आकर्षक पुरस्कार दिइने र उक्त ब्यक्तिगत विधा तर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता लाई नगद पुरस्कार,मेडल र प्रमाणपत्र प्रदान गरिने सचिव बोहोराले जानकारी दिनुभयो।

पुनर्वास वडा नं ६ का वडाध्यक्ष मित्र सिंह लामाको सभापतित्व रहेको उक्त पत्रकार सम्मेलन कार्यक्रममा प्रमुख अतिथि उद्योग वाणिज्य संघ पुनर्वास शाखाका अध्यक्ष राजकुमार रायमाझी, अतिथिका रुपमा सिद्धार्थ युवा क्लवका अध्यक्ष प्रकास तामाङ,भानु युवा क्लब का सचिव,तेज सिंह ठकुरी,जिवन ज्योति माविका प्रधानध्यापक भरत बस्नेत, जननिर्वाचित वडा सदस्यहरू , बुद्धिजीवी, पुर्व खेलाडीहरु हुनुहुन्थ्यो । त्रिभुवन युवा क्लबका अध्यक्ष जीत बहादुर तामाङको स्वागत मन्तव्यबाट शुरू भएको उक्त पत्रकार सम्मेलनको कार्यक्रमको सञ्चालन आयोजक कमिटीका सचिव भरत बोहोराले गर्नुभएको थियो । प्रतियोगिताका खेलहरू विश्व फुटबल महासङ्घ फिफाद्वारा पारित नियम अनुसार खेलाइने आयोजकले जनाएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.