web analytics

केबीए ग्लोबल र लिबर्टी कलेजको सहकार्यमा अन्तरकलेज क्रिकेट प्रतियोगिताको आयोजना

सिड्नी । विश्वका विभिन्न देशबाट सेवा दिइरहेको केबीए ग्लोबल र काठमाडौँस्थित लिबर्टी कलेजको सहकार्यमा अन्तरकलेज क्रिकेट प्रतियोगिता हुने भएको छ। आउँदो बिहीबारदेखि भेलोसिटी एसिनामा प्रतियोगिता आयोजना हुन लागेको हो।

प्रतियोगिताबारे जानकारी दिन आज बोलाइएको प्रेस मिटमा केबीए ग्लोबल एण्ड माइग्रेशनका डाइरेक्टर शम्भु कँडेलले प्रतियोगितामार्फ विद्यार्थीको शारीरिक स्वास्थ्यसँगै शैक्षिक र व्यवसायिक जीवनमा भूमिका खेल्ने विश्वास लिएको बताए।

उनले भने, ‘हामी विभिन्न कलेजका विद्यार्थीहरुलाई यस प्रतियोगितामार्फत एउटा अनौठो अवसर प्रदान गर्न पाउँदा अत्यन्त उत्साहित छौं। हाम्रो लक्ष्य युवाहरुमा नेतृत्व शैलीको विकास, सीप विकास र आपसी सद्भाव गर्नु हो। खेलकुदले शारीरिक स्वास्थ्य मात्र नभई मानसिक सन्तुलन, अनुशासन र नेतृत्व क्षमता वृद्धि गर्न मद्दत गर्छ, जुन विद्यार्थीहरुको शैक्षिक र व्यवसायिक जीवनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।’

त्यस्तै, लिबर्टी कलेजका प्रिन्सिपल डा.देवराज पनेरुले कलेजको समर्थनलाई जोड दिँदै प्रतियोगिताको टाईटल स्पोसरका रुपमा उपस्थित हुन पाउँदा गौरवान्वित महसुस भएको बताए। ‘हाम्रो संस्थाले सर्वाङ्गीण शिक्षा प्रणालीलाई आत्मसात् गर्दै आएको छ। जसमा खेलकुद प्रमुख हो। यसमा विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गर्ने मात्र नभई नेतृत्व र अनुशासनजस्ता जीवनोपयोगी सीपहरु सिक्ने अवसर पनि मिल्नेछ,’ उनले भने।

प्रेस मिटमा केबीए ग्लोबल एजुकेशन एण्ड माइग्रेशनका ग्लोबल मार्केटिङ हेड विनोद परियारले प्रतियोगिताले खेलाडीहरुलाई आफ्नो सीप प्रदर्शन गर्न र आत्मविश्वास बढाउन मद्दत पुर्याउने बताए।

त्यस्तै, कार्यक्रममा प्रमुख संयोजक एवं केबीए ग्लोबलका सिनियर एडमिशन अफिसर प्रमेश तिवारीले प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्दै ट्रफी अनावरण गरे। उनले भने, ‘हामीले सात ओभरको फम्र्याटमा २० टिम सहभागी हुने गरी नकआउट शैलीमा खेल हुने गरी प्रतियोगिता डिजाइन गरेका छौं। दुई दिनसम्म चल्ने यस रोमाञ्चक क्रिकेट प्रतियोगिताले दर्शकहरुलाई अविस्मरणीय अनुभव प्रदान गर्नेछ।’

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.