अत्तरियामा सुपकै ठूलो “बिगबुल फिटनेस जिम एण्ड जुम्बा”को भव्य उद्घाटन
कैलाली/२० बैशाख ।
प्रदेशकै सबैभन्दा ठूलो भनिएको फिटनेस केन्द्र ‘बिगबुल फिटनेस, जिम एण्ड जुम्बा’ को सनिवार एक कार्यक्रम विच भव्य उदघाटन भएको छ ।
लोटस गल्लि, अत्तरियामा अवस्थित यस केन्द्रको उद्घाटन समारोह बिहान ९ बजे सुरु भएको थियो । ‘The biggest fitness empire in province’ भन्ने नारासहित सुरु गरिएको यो फिटनेस सेन्टरले स्थानीय युवायुवतीदेखि स्वास्थ्यमा सचेत नागरिकहरूसम्म लक्षित गर्दै विभिन्न सेवाहरू प्रदान गर्ने लक्ष्य लिएको छ।
बिगबुलमा जिम, जुम्बा, र अन्य फिटनेस सेवाहरू आधुनिक उपकरणसहित उपलब्ध गराइनेछ। उद्घाटन कार्यक्रममा सहभागिता जनाउन सबैलाई आग्रह गरिएको थियो । आयोजकले पोष्टरमार्फत ‘do not forget to come’ भनी विशेष जोड दिएका छन्।
बिगबुलको शुभारम्भसँगै अत्तरियामा स्वास्थ्य र फिटनेसको क्षेत्रमा नयाँ सम्भावनाहरू खुलेको विश्वास गरिएको छ।
बिगबुलका ट्रेनर तथा शेयर होल्डर रन्जित लामाले सुदुरपश्चिमकै फिटनेस आवश्यकतालाई ध्यान दिदै पौने तीन करोडको लागतमा अत्याधुनिक सामानले सुस्सजित फिटनेट क्लब भएको दावी गर्नुभयो ।





Comments are closed.