पुनर्वासमा खुल्ला पुरुष भेट्रान फुटबल प्रतियोगिताको दोस्रो संस्करण २०८१ आजबाट सुरु
कञ्चनपुर/ १० फागुन
पुनर्वास ३ खेलकुद विकास समिति (कालिका युवा क्लव र राम युवा क्लव पुनर्वास ३) कंचनपुरको आयोजनामा “जेष्ठ नागरिक स्मृति तथा सम्मान मेयर कप वडा स्तरिय फुटबल प्रतियोगिता र जेष्ठ नागरिक स्मृति तथा सम्मान कप खुल्ला पुरुष भेट्रान फुटबल प्रतियोगिताको दोस्रो संस्करण २०८१
पुनर्वासको पैसट्ठि विगाह स्थित कालिका युवा क्लबको खेल मैदानमा आजबाट सुरु भएको छ । 
प्रतियोगितामा बीसवटा टिमहरुले प्रतिस्पर्धा गर्नेछ्न ।
सभापतिको आसनमा पुनर्वास़ ३ खेलकुद विकास समितिका अध्यक्ष जिन बहादुर तामाङ हुनुहुन्थ्यो भने प्रमुख अतिथिका रुपमा कञ्चनपुर १ प्रतिनिधि सभा सदस्य तारालामा तामाङ,
त्यसैगरी विशिष्ट अतिथिका रुपमा पुनर्वास नगरपालिका मेयर तोय प्रसाद शर्मा र उपमेयर भुलिया राना हुनुहुन्थ्यो ।
अतिथिका रुपमा भने पुनर्वास ३ का वडाध्यक्ष कृष्ण बहादुर तामाङ्ग र पुनर्वास ६ का वडाध्यक्ष मित्रसिंह लामा, राम युवा क्लब र कालिका युवा क्लवका पदाधिकारीहरु लगायत वडानम्बर ३ का ज्येष्ठ नागरिकहरुको उपस्थिति थियोे ।
कार्यक्रममा बोल्दै कञ्चनपुर १ प्रतिनिधि सभा सदस्य तारालामा तामाङले कञ्चनपुर क्षेत्रमा खेलकुदको एकीकृत विकास गर्न र पैसट्ठी विगाहमा मिनि रंगशाला बनाउन छ्लफल गर्ने बताउनुभयो ।
त्यसैगरी पुनर्वांस नगरपालिकाका मेयर तोय प्रसाद शर्माले जग्गा अभावकै कारण पुनर्वास क्षेत्रमा निर्माण हुने भनिएको रंगशाला कैलालीको फुलबारीमा पुगेको दुखेसो गर्नुभयो ।
आज भएको उदघाटन खेलमा सिद्धार्थ युवा क्लब बुद्ध बस्तीले न्यू बिरेन्द्र युवा क्लब बलभद्र बस्तीलाई १ गोलका विरुद्ध ३ गोल प्रहार गरि विजेता बन्न सफल भएका थिए भने सिद्धार्थ युवा क्लवका खेलाडी विशाल तामाङ आजको म्यान अफ द म्याच बन्न सफल भई रु. ११०० जित्न सफल भएका थिए ।



Comments are closed.