“नमस्ते ढोगदिया”का निर्देशक अशोक बिश्वकर्माले ‘भिर बारीको घाँस’ लिएर आए
निर्देशक अशोक बिश्वकर्माद्वारा निर्देशित ‘भिर बारीको घाँस’ युटुबमा सार्वजनिक भएको छ । लामो समयदेखि म्युजिक भिडियोको निर्देशन गर्दै आउनुभएका बिश्वकर्माले यस अघि “नमस्ते ढोगदिया” गीतको म्युजिक भिडियो निर्देशन गर्नुभएको थियो। जुन निकै सफल भएको थियोे ।
यो गीतमा तिलक बस्नेत र शान्ति श्री परियारको सुमधुर आवाज रहेको छ। लोकशैलीको यस गीतले ग्रामीण भेगका दैनिकी, संघर्ष, प्रेम र प्राकृतिक सौन्दर्यलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ।
गीतका शब्द तथा संगीत तिलक बस्नेतले नै तयार पारेका छन्। गीतको एरेन्जर प्रशान्त पौडेल हुन् भने मिक्सिङ तथा मास्टरिङ नरेन्द्र वियोगीले गरेका छन्। गीतलाई अझ सुन्दर बनाउनका लागि समीर र सामुएलले वेभ स्टुडियोमा रेकर्डिङ गरेका छन्।
यस गीतको केवल शब्द र संगीत मात्र होइन, भिडियो पक्ष पनि उत्तिकै आकर्षक छ। गीतको भिडियोमा क्रिस गुरुङ, छहरा गुरुङ र तनुजा मगरले अभिनय गरेका छन्। उनीहरूको अभिनयले गीतको भावलाई थप सजीव बनाएको छ। भिडियोमा ग्रामीण भेगका रमणीय दृश्य, पहाडी बस्तीको जीवनशैली, गाईबस्तु चराउने, गाउँले परिवेश, प्रेमभावना जस्ता कुराहरूलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको छ।
भिडियोको निर्देशनका साथै कोरियोग्राफी पनी अशोक बिश्वकर्मले गरेका छन्। उनलाई सहायक कोरियोग्राफर दावा तामाङले साथ दिएका छन्। भिडियोको सिनेमाटोग्राफी दिनेश पराजुलीले गरेका छन् भने सम्पादन तथा रंग संयोजन प्रविन भट्टले गरेका हुन् ।
भिडियोको मेकअप आर्टिस्ट पूनम चौधरी हुन् भने प्रचार डिजाइन प्रशुभ डिजाइनले तयार पारेको छ। समूह व्यवस्थापनको जिम्मेवारी देवराज सापकोटाले लिएका छन्।
लोकशैलीको गीत भएकाले ‘भिर बारीको घाँस’ ले नेपाली दर्शक तथा श्रोताको मन जित्ने अपेक्षा गरिएको छ। गीतमा प्रयोग भएका शब्द, संगीत, दृश्य, अभिनय सबै पक्ष सशक्त छन्।
म्युजिक भिडियोलाई तिलक बस्नेत अफिसियल युट्युब च्यानलमा गएर हेर्न सकिन्छ ।
हेर्नुस् भिडियो ..
.




Comments are closed.