web analytics

पुनर्वासको अमरैयामा ‘हरितालिका तीज विशेष कार्यक्रम–२०८२’ को तयारी पूरा

समुद्घाटन संघीय सांसद तारालामा तामाङबाट हुने

कञ्चनपुर, ९ भदौ ।
नारीहरूको हर्ष–उल्लास र उमङ्गको पर्व हरितालिका तीजको अवसरमा द फंकी डान्स एण्ड जुम्बा स्टुडियो, पुनर्वास–३ आई.बी.आर.डी.ले आयोजना गरेको ‘हरितालिका तीज विशेष कार्यक्रम–२०८२’ को सम्पूर्ण तयारी पूरा भएको छ।

कार्यक्रम भोलि भदौ १० गते, पुनर्वास–२ अमरैयामा आयोजना हुने छ। कार्यक्रममा गायक तथा संगीतकार सनम परियार, हाँस्य कलाकार निशान परियार (पाँडे), र उद्घोषिका संगीता बुढा लगायतका कलाकारहरूले विशेष प्रस्तुति दिनेछन्।

द फंकी डान्स एण्ड जुम्बा स्टुडियोका सञ्चालक तथा कोरियोग्राफर सन्तोष अवस्थीले तीजलाई केवल तडक–भडकमा सीमित नराखी, सामाजिक सद्भाव र प्रगतिशील कार्यका लागि एकताबद्ध हुने अवसरको रूपमा मनाउनुपर्नेमा जोड दिनुभयो। साथै, उहाँले कार्यक्रमलाई भव्य बनाउन सम्पूर्ण आमा–बुबा, दाजु–भाइ तथा दिदी–बहिनीहरूको उपस्थितिका लागि हार्दिक निमन्त्रणासमेत गर्नुभयो।

कार्यक्रम दिउँसो २ बजेबाट सुरु हुनेछ र यसको समुद्घाटन संघीय सांसद तारालामा तामाङको प्रमुख आतिथ्यतामा हुने आयोजकले जानकारी दिएको छ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.