web analytics

धनगढीमा ९३औं तामाङ पहिचान दिवस भव्यतापूर्वक सम्पन्न

कैलाली/ भाद्र ८
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति, कैलालीको आयोजनामा ९३औं तामाङ पहिचान दिवस गत शुक्रबार भव्यतापूर्वक सम्पन्न गरिएको छ। धनगढी १२, जुगेडा ए  गाउँमा सम्पन्न सो कार्यक्रमलाई नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समितिले आयोजना गरेको थियो भने नेपाल तामाङ घेदुङ्ग ईकाई कार्य समिति धनगढी १२ जुगेडाले व्यवस्थापन गरेको थियोे ।

कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष श्री गोपाल तामाङले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नेपाल तामाङ घेदुङ केन्द्रिय सदस्य श्री वीर बहादुर तामाङ उपस्थित रहनुभएको थियो।
विशिष्ट तथा सम्मानित अतिथीहरूमा नेपाल तामाङ घेदुङ सुदूरपश्चिम कार्यवाहक अध्यक्ष श्री भिमलाल मोक्तान, केन्द्रिय सदस्य श्री कविराम तामाङ, पूर्व केन्द्रिय सदस्य श्री मिनबहादुर तामाङ, पूर्व अध्यक्ष श्री केशव लामा थिङ, उपाध्यक्ष इन्द्रमाया तामाङ, मुख्य सचिव लालमन तामाङलगायतको उल्लेखनीय उपस्थिती रहेको थियो।
प्रमुख वक्ताका रूपमा अधिवक्ता तथा नेपाल तामाङ घेदुङ सुदूरपश्चिम प्रदेशका पूर्व अध्यक्ष नेत्र बहादुर तामाङले तामाङ पहिचान दिवसको इतिहास, पृष्ठभूमि र महत्वबारे विस्तृत प्रष्ट पार्नुभयो। उहाँले तामाङ समुदायले आफ्नो भाषा, संस्कृति, पहिचान र अधिकारलाई जोगाउन पुर्‍याएको योगदानलाई स्मरण गर्दै भावी पुस्तालाई सचेत रहन आह्वान गर्नुभयो।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.