पुनर्वासमा बाली उपचार शिविर संचालन हुने
कञ्चनपुर, भदौ ६।
पुनर्वासमा बाली उपचार शिविर संचालन हुने भएको छ ।
बाली संरक्षण प्रयोगशाला, सुन्दरपुर कञ्चनपुरको आयोजनामा पुनर्वास नगरपालिका–१, अंशुवर्मा बस्तीमा बाली उपचार शिविर संचालन हुने भएको हो।
शिविर आगामी २०८२ भदौ ११ गते (बुधबार) बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म बम्जन चोकस्थित चिउरा मिलमा सञ्चालन हुने आयोजकले जानकारी दिएका छन्।
शिविरमा धान, मकै, तरकारी, फलफूललगायत कृषकहरुको खेतबारीमा रोग वा किरा लागेको बाली तथा बिरुवाको नमुना ल्याएर परीक्षण गराउन सकिनेछ। नमुना परीक्षणपछि रोग तथा कीरा व्यवस्थापनसम्बन्धी आवश्यक सल्लाह र उपचारको उपाय किसानहरुलाई प्रदान गरिने आयोजक संस्थाले जनाएको छ।
बाली संरक्षण प्रयोगशाला, सुन्दरपुरका अनुसार यस किसिमका शिविरमार्फत किसानहरुले प्रत्यक्ष लाभ लिने अवसर पाउनेछन् र रोग तथा किरा नियन्त्रणका लागि सजिलो उपाय पहिचान हुने अपेक्षा गरिएको छ।



Comments are closed.