पुनर्वासमा अजिङ्गरले आक्रमण गर्दा एकजना घाईते
कञ्चनपुर/असार २९
पुनर्वासमा अजिङ्गरले आक्रमण गर्दा एकजना सामान्य घाईते भएका छ्न ।
उखुबारीमा गोडमेल गरिरहँदा अजिङ्गर देखिएपछि नियन्त्रण गर्न खोज्दा अजिङ्गरले पुनर्वास–६ निवासी सोमराज बिकको हातमा आक्रमण गरेको हो।
पुनर्वास नगरपालिका वडा नं ६ स्थित जंग बहादुर सुनारको उखुबारीमा दिउँसो १ बजे अजिङ्गर (Python) देखिएको थियोे ।
घटनापछि वडा नं ६ का अध्यक्ष मित्रसिंह लामाको समन्वयमा घाइते बिकलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पठाइएको छ। अस्पताल स्रोतका अनुसार हाल उहाँको अवस्था सामान्य रहेको छ।
घटनास्थलमा पुगेका कुण्डा सब डिभिजन वन कार्यालयका प्रमुख दिनेश कुमार यादव र कर्मचारीहरूले सो अजिङ्गरलाई उद्धार गरी सुरक्षित रूपमा पुनर्वास–६ अन्तर्गतको हिमचुली सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा छाडिएको जानकारी दिएका छन्।
उद्धार कार्यमा सहयोग गर्ने स्थानीय बासिन्दा, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, तथा वडा अध्यक्षलाई वन कार्यालयले धन्यवाद ज्ञापन गरेको छ।
प्राकृतिक वन्यजन्तुहरूको संरक्षण र सहअस्तित्वका लागि स्थानीयबासीहरूमा सचेतना आवश्यक रहेको कुण्डा सवडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले बताउनुभएको छ।



Comments are closed.