पुनर्वास नगरपालिकालाई व्यवसायी दाउत तामाङको सहयोग
कञ्चनपुर/असोज २
पुनर्वास नगरपालिकालाई व्यवसायी दाउत तामाङले सहयोग गर्नुभएको छ ।
व्यवसायी तामाङले पुनर्वास नगरपालिकालाई ४ थान कम्प्युटर, २ थान दराज, २ थान टेबल र २ थान प्रिन्टर उपलब्ध गराउनुभएको हो ।
जेनजी Gen Z आन्दोलनको क्रममा केही अराजक तत्वको घुसपैठले भएको आगजनीबाट क्षति पुगेको पुनर्वास नगरपालिकालाई पुनः सञ्चालनमा ल्याउन सहयोग पुर्याउने उद्देश्यले युवा व्यवसायी एवं समाजसेवी दाउत तामाङले आवश्यक सामग्री हस्तान्तरण गर्नुभएको हो ।
सामग्री ग्रहण गर्दै नगर प्रमुख तोय प्रसाद शर्माले निर्माण व्यवसायी तामाङप्रति आभार व्यक्त गर्नुभयो । सार्वजनिक सम्पत्तिको रक्षा गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख उहाँले उल्लेख गर्नुभयो । उहाँले सामूहिक सहयोग र सहकार्यको भावना मार्फत पुनर्वास नगरपालिका चाँडै नै पूर्वावस्थामा फर्किने विश्वास व्यक्त गर्नुभयो।
सहयोगी व्यवसायी तामाङले नगरपालिकाको सेवा निरन्तरतामा टेवा पुग्ने उद्देश्यले सामग्री उपलब्ध गराएको बताउँदै आगामी दिनमा पनि समाज हितका काममा सक्दो योगदान गर्ने प्रतिबद्धता जनाउनुभयो।



Comments are closed.