web analytics

मुख्यमन्त्रीसहित मन्त्रीहरूको पुनर्वास भम्रण, प्यारातालदेखि रानाथारु संग्राहलयसम्म अवलोकन

कञ्चनपुर, २५ असार ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह सहित मन्त्रीहरूको टोली पुनर्वास नगरपालिकाको भम्रणमा पुगेका छन्। पुनर्वास नगरपालिकाको सभाहलमा आयोजित एक अनौपचारिक कार्यक्रममा नगर प्रमुख तोय प्रसाद शर्माले मायाको चिनो प्रदान गर्दै अतिथिहरूलाई स्वागत गरेका थिए।

  • मुख्यमन्त्री शाहसहित मन्त्रीहरू, प्रदेशका विभिन्न अधिकारीहरू तथा अन्य विशिष्ट व्यक्तिहरूको टोलीले पुनर्वास नगर क्षेत्रमा रहेका विभिन्न पर्यटकीय स्थलहरूको अवलोकन गरेका छन्। टोलीले प्याराताल, दिव्यधाम, कोटिहोम मन्दिर तथा रानाथारु संग्राहलयको भ्रमण गरेका थिए।

भ्रमणका क्रममा नगर प्रमुख शर्मा सहित स्थानीय जनप्रतिनिधिहरूले नगरको पर्यटन, सम्भावना र विकास योजना बारे अवगत गराएका थिए। अतिथिहरूले पुनर्वास क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

पुनर्वास नगरपालिकाले सो भ्रमणलाई नगरको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण अवसरका रूपमा लिएको बताएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.