web analytics

भावनात्मक प्रेम कथा बोकेको ‘एउटै सपना’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं, २२ असार । चर्चित गायक प्रताप दास र प्रतिभाशाली गायिका अन्नु चौधरीको आवाजमा सजिएको नयाँ नेपाली गीत ‘एउटै सपना’ सार्वजनिक भएको छ। गीतमा गहिरो भावनात्मक प्रेमकथा प्रस्तुत गरिएको छ, जसले दर्शकको मन छोएको छ।

यस म्युजिक भिडियोमा जापानमै बस्दै आउनुभएका मोडल शिरीष गौतमलाई अभिनयमा मोडल सुष्मा थापालाई देख्न सकिन्छ ।

टिकटकमा समेत चर्चा कमाइरहेका मोडल गौतमको जापानमा होटल व्यावसाय समेत रहेको छ ।

गीतको शब्द लेखन किशोर पोख्रेलले गरेका हुन् भने सङ्गीत र संगीत संयोजन सरोज पोखरेलको रहेको छ। भिडिओ निर्देशन गोविन्द बिष्टले गरेका हुन ।

सार्वजनिक भएको केही दिनमै गीतले १५ हजारभन्दा बढी भ्युज र ४ सयभन्दा बढी लाइक्स बटुलेको छ, म्युजिक भिडियो पछिल्लो पुस्ताको रोजाईमा पर्न सक्ने देखिएको छ ।

गीतले नेपाली युवा पुस्ताको सपनाहरू, प्रेम र भावनात्मक द्वन्द्वलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ। ‘एउटैै सपना’ अहिलेका लागि मात्र होइन, समयसँगै कालजयी बन्ने संकेत देखिएको छ ।

https://youtu.be/1-9OsGCriSI

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Below Article Content Ads

Comments are closed.