web analytics

आज क्रिसमस डे विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौं/ पुस १०
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको स्मरणमा आज क्रिश्चियन धर्मावलम्बीहरूले क्रिसमस डे विविध कार्यक्रमसहित मनाइरहेका छन्।
आजभन्दा करिब २ हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको धार्मिक विश्वास छ। पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले मानवजातिलाई मुक्ति, प्रेम र शान्तिको सन्देश दिनुभएको बताइन्छ।
मानवलाई प्रेम गर्न आउनु भएको कारण क्रिसमसलाई प्रेम दिवस, संसारमा शान्ति स्थापना गर्न आउनु भएकाले शान्ति दिवस र मानवलाई पापबाट मुक्त गराउन आउनु भएकाले मुक्ति दिवसका रूपमा मनाउने परम्परा रहेको विज्ञहरू बताउँछन्।
विश्वभर मनाइने क्रिसमस डे नेपालमा भने विसं २०६३ सालपछि उत्सवका रूपमा मनाउन थालिएको हो। पछिल्लो समय नेपालका प्रमुख सहर तथा पर्यटकीय क्षेत्रहरूमा क्रिसमस ट्रि सजाएर उत्सव मनाउने चलन बढ्दो छ। विशेषगरी ठमेल, बौद्ध, पोखरा, सौराहा लगायतका स्थानमा क्रिसमसको रौनक बढी देखिन्छ।
नेपाल ख्रीष्टियन महासङ्घका अनुसार हाल नेपालमा करिब ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च रहेका छन्।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.