web analytics

नेपाल शिक्षक महासंघ पुनर्वास नगर समितिद्वारा चौध बुँदे ज्ञापनपत्र पेश

शैक्षिक सुधारका मागसहित नगर प्रमुखलाई ध्यानाकर्षण

 

कञ्चनपुर/ आषाढ १७
नेपाल शिक्षक महासंघ पुनर्वास नगर समितिले पुनर्वास नगरभित्रको शैक्षिक सुधार तथा शिक्षक–कर्मचारीको पेशागत हकहितका लागि माग राख्दै नगर प्रमुखलाई १४ बुँदे ज्ञापनपत्र बुझाएको छ।
महासंघले नगर कार्यपालिकालाई बुझाएको ज्ञापनपत्रमा समग्र नगरको शैक्षिक विकास सुनिश्चित गर्न विभिन्न बुँदागत मागहरू अघि सारिएको छ। महासंघका पुनर्वास नगर अध्यक्ष जय बहादुर मडै र सह-सचिव नवराज ओझाद्वारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा नगरभित्र रहेका विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, बालविकास शिक्षक तथा सहयोगीहरूको हकहित सुनिश्चित गर्न नगरपालिकाले आवश्यक नीति तथा बजेटीय व्यवस्था मिलाउनु पर्ने आवश्यकता औँल्याइएको छ।

ज्ञापनपत्रमा उठाइएका प्रमुख मागहरूमा सचिवालयको स्थायी व्यवस्था, साविक जि.वि.स. अनुदान प्राप्त शिक्षकहरूको तलब तह निर्धारण, शिक्षण अनुदानमा वृद्धि, निजीस्रोतका शिक्षकहरूको उचित व्यवस्थापन, बालविकास शिक्षक र कर्मचारीको प्रोत्साहन भत्ता वृद्धि, नगर शिक्षा समिति गठन, विद्यालय दरबन्दी पुनर्वितरणमा न्यायोचित प्रक्रिया, शिक्षक–कर्मचारीको कार्य मूल्याङ्कनका आधारमा पुरस्कार प्रणाली, शिक्षक पुनर्ताजगी तालिम, विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालनको बजेट व्यवस्थापन, नगर सभा–वडा भेलामा महासंघको सहभागिता, सेवा निवृत्त शिक्षक–कर्मचारीको सम्मान, ‘कमाउँदै पढ्दै’ कार्यक्रम सञ्चालन तथा लेखा व्यवस्थापन तालिमको व्यवस्था जस्ता विषयहरू समेटिएका छन्।

महासंघले विगतमा भएका आन्दोलनहरू र सहमतिहरूको स्मरण गर्दै अब बन्ने शिक्षा ऐनले विद्यालय, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री बन्नुपर्नेमा जोड दिएको छ। साथै, गुणस्तरीय र प्रविधिमैत्री शिक्षा प्रणालीको विकासमा स्थानीय तहको भूमिकालाई प्रभावकारी बनाउन पनि आग्रह गरिएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.