web analytics

पुनर्वासमा २१२ औं भानुजयन्ती तथा कवितावाचन प्रतियोगिता हुने

कञ्चनपुर/असार २७
नेपाली भाषा, साहित्य र संस्कृतिका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मदिवस अवसर पारेर पुनर्वास नगरपालिकाको वडा नं. ६ स्थित पुनर्वास जनता माध्यमिक विद्यालयको परिसरमा यही आगामी असार २९ गते २१२औं भानुजयन्ती समारोह तथा विद्यार्थीहरु विच कवितावाचन प्रतियोगिता आयोजना गरिन लागेको छ।

कार्यक्रमको आयोजना पुनर्वास जनता मावि र ज्योति सामुदायिक पुस्तकालय, पुनर्वास–६ ले संयुक्त रुपमा आयोजना गर्दैछ। कार्यक्रममा विद्यार्थीहरूले नेपाली भाषा र साहित्यमा आधारित कविता वाचन गर्नेछन् भने भानुभक्त आचार्यको जीवन, योगदान र उनको सिर्जनात्मक क्षमताबारे पनि विशेष चर्चा गरिने बताइएको छ।

आयोजक संस्थाहरूका अनुसार कार्यक्रमको उद्देश्य नयाँ पुस्तामा साहित्यिक अभिरुचि विकास गर्नुका साथै नेपाली भाषा र संस्कृतिप्रति सम्मानभाव जागृत गराउनु हो। कार्यक्रम बिहानैदेखि सुरु हुने र सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिने ज्योति पुस्तकालयका अध्यक्ष तथा साहित्यकार रामचन्द्र नेपालले बताउनुभयो ।

नेपाली साहित्यका प्रथम स्रष्टा मानिने भानुभक्त आचार्यको जन्म विक्रम संवत १८७१ मा भएको हो भने उनको निधन वि.सं. १९२५ मा भएको थियो। यस दिनलाई सम्मानपूर्वक “भानुजयन्ती” को रूपमा देशभर विभिन्न साहित्यिक कार्यक्रमहरूमार्फत मनाउने चलन रहिआएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.