पुनर्वासका वरिष्ठ कवि दिनानाथ बराल सम्मानित
कञ्चनपुर, १४ चैत ।
पुनर्वासका वरिष्ठ कवि दिनानाथ बराल सम्मानित हुनुभएको छ ।
धनगढीमा आयोजित “विश्व नेपाली नारी साहित्य महोत्सव”मा कवि बराल सम्मानित हुनुभएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारको मुख्य प्रवर्द्धन र सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीको आयोजनामा सो महोत्सव शुक्रबार सम्पन्न भएको थियोे। स्वदेश तथा विदेशका विशिष्ट स्रष्टाहरूको महासम्मेलनका रूपमा वि.सं. २०७९ चैत्र १० गतेदेखि १३ गते सम्म भएको सो महोत्सवमा प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री प्रचण्डको उपस्थिति रहेको थियो ।
सो महोत्सवमा सहभागी भई महोत्सव
सफलतापूर्वक सम्पन्न गर्न र नेपाली भाषा-साहित्य, संस्कृतिको श्रीवृद्धिका लागि कवि बरालले पुर्याउनुभएको विशिष्ट योगदानको सम्मान स्वरुप सम्मान पत्र प्रदान गरीएको सम्मान पत्रमा उल्लेख गरिएको छ ।



Comments are closed.