पुनर्वास ९ स्थित श्री नवोदय जीवनशक्ति यूवा क्लबले फूटबल प्रतियोगिताको आयोजना गर्दै
कञ्चनपुर, १३ चैत ।
पुनर्वास ९ स्थित श्री नवोदय जीवनशक्ति यूवा क्लबले नयाँ वर्ष २०८० को अवसर पारेर आगामी बैशाख २ गतेबाट पुरूष खुला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । सोमबार क्लबले पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिता बारे जानकारी गराएको हो । क्लबका अध्यक्ष कर्ण बहादुर ऐडीले प्रथम नवोदय कप खुल्ला पुरूष फुटबल प्रतियोगिता २०८० बारे जानकारी गराएका हुन ।
उक्त फुटबल प्रतियोगितामा प्रथम हुने टिम लाई ट्रफि सहित नगद १ लाख १० हजार ११०, उपविजेता टिमलाई ट्रफि सहित नगद ५५ हजार ५० रूपैयाँ प्रदान गरिने जनाईएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १० हजार उत्कृष्ट फरवार्ड लाई १० हजार , उत्कृष्ट गोल किपरलाई १० हजार पुरस्कृत गरिने पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको थियो ।
२०६१ सालमा संस्था दर्ता भइसकेपछि यस क्षेत्रमा जस्तै फुटबल, क्रिकेट लगायत कार्यक्रम गर्दै आएको र सामाजिक क्षेत्रमा समाजमा रहेका बेथिति, विकृती चेलीबेटी बेचविखन लगायत कार्यमा सशक्त आवाज उठाउदै विभिन्न सामाजिक कार्यमा समेत क्लब सहभागि हुदै आएको भएपनि पछिल्लो समय कोरोना भाईरस कोभिड (१९) को प्रभावले क्लबले कुनै पनि कार्यक्रम को आयोजना गर्न नसकेको दुखत घटना स्मरण गर्दै लामोसमय पश्चात पुन: फुटबल खेल प्रतियोगिता को आयोजना गर्न लागिएको पत्रकार सम्मेलन मार्फत जानकारी गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि तथा पुनर्वास नगरपालिका ९ का वडा अध्यक्ष नरबहादुर बिकले खेलकुदका क्षेत्रमा विभिन्न खेलकुद आयोजना गरि खेलकुदबाट यहाँका युवा जनशक्तिको शारीरिक मानसिक तथा अनुशासनको विकास का निमित्त आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सो अवसरमा प्याराताल युवा क्लबका अध्यक्ष हरिशर्मा जैसी , परोपकार युवा क्लबका सचिव प्रेम जैशी , पुनर्वास खेलकुद विकास समिति का प्रमुख प्रशिक्षक हिमाल मल्ल , नगरपालिका कर्मचारी संघ केन्द्रीय सदस्य ओमनाथ ढकाल लगायत कार्यक्रम का अतिथि रहेका थिए । कार्यक्रम को सञ्चालन क्लबका सचिव शैलेन्द्र बिक ले गरेका थिए ।




Comments are closed.