web analytics

पुनर्वासमा खुल्ला व्यायामशालाको उद्घाटन

कञ्चनपुर, जेठ ३
सुदूरपश्चिम प्रदेश सरकारका कृषि, भूमि तथा सहकारी मन्त्री माननीय वीर बहादुर थापा ज्युको पहलमा पुनर्वास नगरपालिका–६ स्थित त्रिभुवनबस्तीको प्रतिभा नगर टाउन बजारमा निर्माण गरिएको खुल्ला व्यायामशालाको विधिवत् रूपमा उद्घाटन गरिएको छ।
सनिवार सम्पन्न उद्घाटन कार्यक्रममा पुनर्वास नगरपालिकाका उपप्रमुख भुलिया कुमारी राना, वडा नं. ६ का वडाध्यक्ष मित्रसिंह लामा अन्य स्थानीय जनप्रतिनिधि, समाजसेवी, युवाहरू तथा नगरवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उद्घाटन समारोहमा मन्त्री थापाले शारीरिक स्वास्थ्य प्रवर्द्धनका लागि खुल्ला व्यायामशाला अत्यन्त उपयोगी हुने बताउँदै आगामी दिनमा यस्ता स्वास्थ्यमैत्री पूर्वाधारलाई स्थानीय तहमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
वडाध्यक्ष मित्रसिंह लामाले सर्वसाधारणका लागि सहज र निःशुल्क रूपमा शारीरिक व्यायाम गर्न मिलोस् भन्ने उद्देश्यले व्यायामशालाको स्थापना गरिएको जानकारी दिनुभयो। उहाँले स्थानीय तहमा नागरिकको स्वास्थ्यप्रति केन्द्रित योजना प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता समेत जनाउनुभयो।

कार्यक्रम पुनर्वास नगरपालिका वडा नं. ६ को आयोजनामा सम्पन्न भएको हो।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.