प्याराताल परिसरमा गोहीको प्रतिमा राखिँदै, अनावरण जेठ १५ मा हुने
कञ्चनपुर, ६ जेठ ।
पुनर्वास उद्योग वाणिज्य सङ्घको लगानीमा निर्माण गरिएको गोहीको प्रतिमा भोलि जेठ ७, बिहान ११ बजे पुनर्वास नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य प्याराताल परिसरमा राखिने भएको छ।
पुनर्वास उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार रायमाझीले सामाजिक सञ्जाल फेसबुकमा
एक सूचना जारी गर्दै गोहीको प्रतिमा राख्ने कार्यक्रममा सम्पूर्ण कार्यसमिति पदाधिकारी तथा सदस्यहरू, उद्योगी, व्यवसायी, सहयोगी दाताहरू, पत्रकार, तथा सुरक्षाकर्मीहरूलाई उपस्थित भई सहयोग गर्न आग्रह गर्नुभएको छ।
साथै, सङ्घले जानकारी गराए अनुसार गोहीको प्रतिमा अनावरण समारोह भने आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा गरिनेछ।
गोहीको प्रतिमा स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने लक्ष्यसहित निर्माण गरिएको हो। प्याराताल परिसरमा प्रतिमा राखिएपछि यसले पर्यटकहरूलाई थप आकर्षित गर्ने विश्वास लिइएको छ।



Comments are closed.