web analytics

पुनर्वासमा अत्याधुनिक रक्त परीक्षण मेसिन सञ्चालनमा

कञ्चनपुर/ भदौ १
पुनर्वासमा अत्याधुनिक रक्त परीक्षण मेसिन सञ्चालनमा आएको छ ।
पुनर्वास नगरपालिकाको पहल तथा नगर प्रमुख तोयप्रसाद शर्माको विशेष समन्वयमा सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य व्यवस्थापन तथा आपूर्ति केन्द्र धनगढीबाट Hematology Analyzer Fully Automatic 21 Parameters CBC रगत परीक्षण गर्ने मेसिन उपलब्ध भएको हो ।
उक्त मेसिन पुनर्वास नगरपालिका–९ परासन स्वास्थ्य चौकीमा जडान गरी सेवा सुरु गरिएको छ। नयाँ मेसिन सञ्चालनमा आएपछि सामान्य स्वास्थ्य जाँचका लागि बिरामीले अन्यत्र टाढा जानुपर्ने वा प्राईभेट ल्याबमा महँगो शुल्क तिर्नुपर्ने बाध्यता हटेको छ। अब स्थानीय स्तरमै छिटो, छरितो र विश्वासिलो तरिकाले रोगको प्रारम्भिक पहिचान गर्न सहज हुने भएको छ।
परासन हेल्थपोस्टका ल्याब टेक्निसियन जनक सिंह धामीका अनुसार, यस अत्याधुनिक CBC मेसिनबाट २१ प्रकारका रक्त सम्बन्धी सूचकाङ्क परीक्षण गर्न सकिन्छ। यसले विरामीको रगतमा भएको हेमोग्लोबिन, रगतका कोषहरूको संख्या (रातो रक्तकोष, सेतो रक्तकोष, प्लेटलेट), एनिमिया, इन्फेक्सन, रक्तस्राव, रोग प्रतिरोधात्मक अवस्था लगायतका सूचक तुरुन्तै पत्ता लगाउँछ।
यो मेसिन पूर्णतया कम्प्युटराइज्ड भएकाले नतिजा छिटो (केही मिनेटमै) उपलब्ध हुन्छ। साथै यसले चिकित्सकलाई रोगको प्रारम्भिक चरणमै निदान गर्न मद्दत गर्ने भएकाले उपचारको गुणस्तर अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।
नगरपालिका, मन्त्रालय र आपूर्ति केन्द्रसँगै यस कार्यमा सहयोग गर्ने सम्पूर्ण पक्षलाई आभार प्रकट गर्दै मेसिन सञ्चालनमा आएको परासन स्वास्थ्य चौकीले जानकारी गराएको छ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.