web analytics

पुनर्वासको द फन्की डान्स एन्ड जुम्बा स्टुडियोद्वारा रक्तदान कार्यक्रमको आयोजना

कञ्चनपुर, २७ फागुन ।
पुनर्वासको द फन्की डान्स एन्ड जुम्बा स्टुडियोले रक्तदान कार्यक्रमको आयोजना
गरेको छ । आफ्नो र आफ्नी आमा गोमतीदेवी अवस्थीको जन्मदिनको अवसर पारेर द फन्की डान्स एन्ड जुम्बा स्टुडियोका सञ्चालक सन्तोष अवस्थीले रक्तदान कार्यक्रमको आयोजना गर्नुभएको हो ।
दस जना पुरुष र चार जना महिला गरि कूल चौध जना रक्तदाताहरुले कार्यक्रममा रक्तदान गरेका थिए । रक्तदान पश्चात् रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियोे ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी ब्लड बैंक धनगढी कैलालीले जनशक्ति तथा प्राविधिक सहयोग रहेको थियोे भने नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की पोखराको समेत सहयोग रहेको द फन्की डान्स एन्ड जुम्बा स्टुडियोका सञ्चालक तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका आजिवन सदस्य सन्तोष अवस्थीले बताउनुभयो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.