web analytics

पुनर्वासमा सहिद गोविन्द गौतमको स्मृति दिवसको अवसरमा माल्यार्पण कार्यक्रम

कञ्चनपुर/पुनर्वासमा सहिद गोविन्द गौतमको स्मृति दिवसको अवसरमा शुक्रबार माल्यार्पण कार्यक्रम आयोजना गरिएको छ ।
पुनर्वास नगरपालिकाद्वारा आयोजना गरिएको सो कार्यक्रम पुनर्वास नगरपालिका ४ स्थीत सहिद गोविन्द गौतम स्मृति पार्कमा गरिएको थियोे ।
माल्यार्पण कार्यक्रममा पुर्व खानेपानी मन्त्री बिना मगर, पुनर्वास नगरपालिकाका प्रमुख तोय प्रसाद शर्मा, उपप्रमुख भूलिया राना, पुनर्वास ४ का वडाध्यक्ष मनोज जैसी, पुनर्वास ६ का वडाध्यक्ष मित्रसिंह लामा, पुनर्वास नगरपालिकाका कार्यकारी अधिकृत गणेशसिंह ऐरी, इप्रका पुनर्वासका प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्ल लगायत अन्य जनप्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति थियोे ।

पूर्व खानेपानी मन्त्री बिना मगर

कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै पूर्व खानेपानी मन्त्री बिना मगरले सिमा विवादको बारेमा आफू र आफ्नो पार्टी गम्भीर रहेको बताउनुभयो । यसका लागि सम्बन्धित निकायमा घच्घच्याउने र पहल गर्ने कार्य आफूले निरन्तर गरीरहेको बताउनुभयो । उहाँले कञ्चनपुरमा मात्र नभएर नेपालका थुप्रै ठाउँमा सिमा विवाद रहेको जिकिर गर्दै नेपालले एकतर्फी रुपमा चाहेरमात्र सिमा विवादको समाधान नहुने र यसमा भारत सरकार पनि गम्भीर हुनुपर्ने विचार राख्नुभयो । उहाँले सरकार लगायत प्रमुख राजनीतिक दलका सबै नेतृत्वले यसबारेमा गम्भीर बनेर कुटनैतिक पहलबाट सिमा सुरक्षा समाधान गर्न आग्रह गर्नुभयो ।

पुनर्वास नगरपालिकाका प्रमुख तोय प्रसाद शर्मा

त्यसैगरी पुनर्वास नगरपालिकाका प्रमुख तोयप्रसाद शर्माले देशको रक्षा गर्न सहिदहरुले निस्वार्थ ज्यान बलिदान दिएको र उहाँहरुबाट वर्तमान नेताहरूले धेरै कुरा सिक्नुपर्ने विचार राख्नुभयो ।

सिमा संघर्ष समिति पुनर्वासका अध्यक्ष चन्द्रमणी गैरे

सिमा संघर्ष समिति पुनर्वासका अध्यक्ष चन्द्रमणी गैरेले तत्कालीन पुनर्वास नगरपालिकाले बजेट विनियोजन गरेपनि कलभर्ट निर्माण गर्न कोहि अगाडी नसरेपछी आफूले नेपालको सिमालाई अतिक्रमण हुनबाट बचाउन विवाद हुँदाहुँदै पनि कलभर्ट निर्माण गरेको बताउनुभयो ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.