web analytics

पुनर्वासमा टाईफाईड विरुद्धको खोप अभियान बारे एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न

कञ्चनपुर/पुनर्वासमा टाईफाईड विरुद्धको खोप अभियान बारे एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ । शहरी स्वास्थ्य केन्द्र पुनर्वास २ मोति बस्तिमा भएको सो गोष्ठीमा पुनर्वास २ र ३ का विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, विभिन्न क्लबका अध्यक्ष तथा सदस्यहरु तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहभागीता रहेको थियो।पुनर्वासमा चैत्र २५ गते देखि तोकिएका विद्यालयहरु तथा तोकिएका खोप केन्द्रहरुमा पन्ध्र महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई अभियानको रुपमा खोप लगाउन सुरु गरीने पुनर्वासका स्वास्थ प्रमुख रामबहादुर धामीले बताए ।
एक चोटि टाईफाईड खोप लगाईसकेपछी जीवनभरी नै टाईफाईडबाट सुरक्षित हुने स्वास्थ्य प्रमुख धामीले जानकारी गराउँदै सबैले आआफ्नो ठाउँबाट सहयोग गरि खोप अभियानलाई सफल बनाउन समेत आग्रह गरे ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.