बाँसगढीमा निजि विधालय सगठन प्याब्सन र एनप्याब्सनले पालिका उपप्रमुख तथा शिक्षा शाखा प्रमुख लाई बुझायो ज्ञापन पत्र !
साउन २९
कृष्ण बा बुढा
बर्दिया / बाँसगढी नगरपालिकामा रहेको निजि विधालयको सगठन प्याब्सन र एनप्यबसनले प्रस्तावित शिक्षा विधेयक मा केही विषय मा निजि विधालयहरुलाई अमान्य भएको मिति २०८२-०४-२७ गते बसेको सयुक्त बैठकको निर्णय अनुसार प्रदेश जिल्ला पालिका र देशै भरी ज्ञापन पत्र बुझाउने र आन्दोलका कार्यक्रम गर्न भनी निर्णय भए अनुसार आज उक्त ज्ञापन पत्र बुझाइएको हो ।
उक्त ज्ञापन पत्र एनप्याब्सन बाँसगढी अध्यक्ष केशब टमटा र प्याब्सन अध्यक्ष अर्जुन चापागाई ले सयुक्तरुपमा पालिका उपप्रमुख इन्दिरा चौधरी र शिक्षा शाखा प्रमुख मनप्रसाद रेग्मी लाई बुझाउनु भयो प्रस्तावित विधेयक मा भएका केही बुदा नसचिए कडा आन्दोलमा जाने कुरा समेत एनप्याब्सन अध्यक्ष केशव टमटाले बताउनु भयो ।




Comments are closed.