ब्राउन सुगर कारोबारको आरोपमा पक्राउ परेका पुनर्वासका बिसी तारेखमा रिहा
कञ्चनपुर, साउन २१
ब्राउन सुगर कारोबारको आरोपमा पक्राउ परेका पुनर्वास नगरपालिका–६ का दीपक बिसीलाई जिल्ला अदालत कञ्चनपुरले साधारण तारेखमा रिहा गरेको छ।
न्यायाधीश राजेन्द्र भण्डारीको इजलासले बिसीलाई नियमित उपस्थित हुनुपर्ने शर्तमा थुनामुक्त गर्न आदेश दिएको हो। सोही मुद्दामा संलग्न रहेका अर्का अभियुक्त नरसिंह महरालाई भने थप अनुसन्धानका लागि कारागार चलान गरिएको छ।
गत असार ६ गते २७३ ग्राम ब्राउन सुगरसहित बिसी र महरा पक्राउ परेका थिए। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।




Comments are closed.