अछाममा छाउगोठमा बसेका दुईको पहिरोमा ज्यान गयो
अछाम, भाद्र १३।
अछामको पंचदेवल विनायक नगरपालिका–८, सेलापानीस्थित चुरखोली टोलमा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
भिरबाट खसेको ढुंगाले लाग्दा त्रिपाल टाँगेर महिनावारी बार्न बसेकी ३५ वर्षीया निमा खनाल र ८ वर्षीया कविता भण्डारीको मृत्यु भएको हो। सोही घटनामा ३६ वर्षीया रत्ना भण्डारी गम्भीर घाइते भएकी छन्।
वडाअध्यक्ष छत्रबहादुर शाहीका अनुसार निमा र रत्ना महिनावारीका कारण घरभन्दा टाढा खेतमा सुतिरहेका थिए। सो क्रममा निमा की छोरी कविता पनि आमासँगै त्यहाँ गएकी थिइन्।



Comments are closed.