web analytics

कुशल ढकालको नयाँ नेपाली गीत ‘मेरि प्यारी’ युटुबमा सार्वजनिक

पछिल्लो समय चर्चामा रहेका गायक तथा संगितकार कुशल ढकालको नयाँ नेपाली गीत ‘मेरि प्यारी’ युटुबमा सार्वजनिक भएको छ ।
गीतका शब्द, संगीत तथा स्वर कुशल ढकालले दिएका छन्। यस गीतलाई सरोज बिष्टले एरेन्ज गरेका छन् भने गिटार र म्यान्डोलिन पनि उनले नै बजाएका छन्। रेकर्डिङ राजेश श्रेष्ठले ए वान म्युजीसियन स्टुडियोमा गरेका हुन्। गीतको मिक्सिङ तथा मास्टरिङको जिम्मेवारी किशोर थापाले सम्हालेका छन्।
गीत जति आकर्षक छ, त्यति नै यसको भिडियो पनि लोभलाग्दो बनेको छ।
यो गीतमा एक युवकले आफ्नो क्रश (प्रेमिकाप्रति आकर्षण) प्रति व्यक्त गर्ने भावनालाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ। गीतमा लुकेको प्रेमभाव, आशा, हर्ष र अनिश्चितताको मिश्रण पाइन्छ, जसले श्रोताको मन छुनेछ।
भिडियोमा मनोज सुनार र कविता न्यौपाने मुख्य भूमिकामा देखिन्छन्। उनीहरूबीचको प्रेमभाव, पहिलो भेट, आकर्षण, संकोच, र अन्ततः रोचक मोडलाई भिडियोले उत्कृष्ट रूपमा प्रस्तुत गरेको छ।
भिडियोको निर्देशन प्रवेश सिंहले गरेका छन् भने सहायक निर्देशकको रूपमा पंकज सार्की रहेका छन्। सिनेमाटोग्राफी तथा सम्पादन अमन बडुले गरेका छन्।
यो भिडियोको सम्पूर्ण पोस्ट-प्रोडक्सन कार्य Likeminds Nepal ले गरेको छ भने अनलाइन प्रचार तथा समर्थन विशाल MFU ले गरेका छन्।
‘मेरि प्यारी’ गीतको कथावस्तु प्रेममय भए पनि यसको अन्त्यमा रोचक ट्विस्ट रहेको छ। दर्शकले भिडियो हेर्दै जाँदा यसमा लुकेको रोचक मोड पत्ता लगाउन सक्छन्, जसले भिडियोलाई झन रोचक बनाएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.