web analytics

चक्रवात अल्फ्रेड अष्ट्रेलियाको ब्रिसवनमाशनिबार बिहान सम्म आइपुग्ने

ब्रिसवन – अष्ट्रेलियामा बुधबार देखि निकै त्रास फैलाइरहेको चक्रवात शनिबार ब्रिसवनमा बिहान सम्म आइपुग्ने अनुमान गरिएको छ ।

दक्षिण पूर्वी क्विनसल्यान्ड र उत्तर-पूर्वी न्यु साउथ वेल्सका लागि उष्ण-कटिबधीय चक्रवात अल्फ्रेड का कारण मौसम झनै खराब हुँदै गएको छ । हाल ब्रिसवनको ८० किमी पूर्व र गोल्ड कोस्टको ७० किमी उत्तर-पूर्वमा अवस्थित अल्फ्रेड श्रेणी २ को चक्रवात भएको बताईएको छ । जसले ६ किमी प्रति घण्टाको गतिमा पश्चिम उत्तरपश्चिमतर्फ अघि बढिरहेको छ ।

शुक्रबार बेलुका देखि नै ब्रिसवन आसपासका क्षेत्रहरुमा चर्को हावा र पनि सुरु भएको छ ।

मौसमविद्हरूका अनुसार, शनिबार बिहान मोरटन बे टापुहरू पार गर्दै, दिनभरमा मारुचीडोर र ब्रिसवननको बीचमा कुनै स्थानबाट तट पार गर्ने सम्भावना छ । चक्रवात तट पार गरेपछि यसको शक्ति क्रमशः कमजोर हुँदै जाने भए पनि भारी वर्षा, समुद्री छाल, र तीव्र हावाको असर निरन्तर रहने बताइएको छ।

 

ब्रिसवन, गोल्ड कोस्ट, बायरन बे लगायतका क्षेत्र उच्च जोखिममा छन ।

 

चक्रवातको असरले यी क्षेत्रहरूमा आज रातिदेखि नै भारीदेखि अत्यधिक वर्षा, बाढी, समुद्री कटान (beach erosion), उच्च छाल, र तीव्र हावाको प्रभाव पर्ने सम्भावना छ।

मौसम विभागका अनुसार, चक्रवातको मुख्य भाग समुद्री तटमा पुग्नेबित्तिकै १२० किमी/घण्टाको वेगमा हावा चल्ने र मोरटन बे टापुहरू तथा गोल्ड कोस्टको उत्तरी क्षेत्रमा १५५ किमी/घण्टासम्मको विनाशकारी हावा बहन सक्ने चेतावनी दिइएको छ ।

चक्रवातको प्रभावले आज रातिदेखि शनिबारसम्म भारीदेखि अत्यधिक वर्षा हुन सक्ने र केही ठाउँमा यसले खतरनाक र ज्यान जोखिममा पार्ने बाढी ल्याउने सम्भावना रहेको छ।

अष्ट्रेलियाली आपत्कालीन सेवाहरूले चक्रवात प्रभावित क्षेत्रका नागरिकहरूलाई नदी, खोल्सा तथा समुद्री किनारहरूबाट टाढा रहन, सुरक्षित स्थानमा बस्न, र स्थानीय प्रशासनले जारी गर्ने निर्देशनहरू पालना गर्न आग्रह गरेका छन ।

 

अपडेटका लागि www.bom.gov.au/cyclone मा नियमित रूपमा चेक गर्न अनुरोध गरिएको छ ।

 

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.