web analytics

भारत-पाकिस्तानबीच युद्धको सम्भावना, नेपालमा के असर पर्ला ?

 

नयाँ दिल्ली/ १७ बैशाख ।
जम्मु कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणपछि भारत र पाकिस्तानबीचको तनाव चुलिएको छ। उक्त घटनामा २६ जनाको ज्यान गएको थियो, जसमा एक नेपाली पर्यटक पनि थिए।
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफ र सूचनामन्त्री अताउल्लाह तरारले भारतले २४ देखि ३६ घण्टाभित्र हमला गर्न सक्ने चेतावनी दिएका छन्। पाकिस्तानले सीमामा सेना तैनाथ गर्दै युद्धको तयारीमा रहेको जनाइएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उच्चस्तरीय बैठक गर्दै कडा प्रतिक्रिया जनाउने बताएका छन्। भारतले सिन्धु जल सन्धि निलम्बन गर्ने र पाकिस्तानी नागरिकको भिसा रद्द गर्ने घोषणा गरिसकेको छ। यसैबीच पाकिस्तानले पनि भारतीय भिसा रद्द गर्दै शिमला सम्झौता निलम्बन गरेको छ।
विश्व समुदाय, विशेषगरी अमेरिका, चीन र टर्कीले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्। विश्लेषकहरूका अनुसार स्थिति अत्यन्त संवेदनशील बनेको छ र कुनै पनि गल्तीले ठूलो युद्ध निम्त्याउन सक्ने बताईएको छ ।
भारत-पाकिस्तान युद्धले नेपालमा के असर पर्ला ?
भारत र पाकिस्तानबीच पुनः तनाव बढ्दै गएको सन्दर्भमा नेपालमा पनि यसको सम्भावित असरबारे चासो बढेको छ। दुवै परमाणु शक्ति राष्ट्रबीच सैन्य संघर्षको सम्भावनाले सम्पूर्ण दक्षिण एशियालाई अस्थिर तुल्याउने देखिन्छ, जसको प्रत्यक्ष र अप्रत्यक्ष असर नेपालमा पर्न सक्ने विज्ञहरूले बताएका छन्।

भारत नेपालको प्रमुख व्यापारिक साझेदार भएकाले युद्धका कारण सीमाना बन्द हुने वा आपूर्ति श्रींखला अवरुद्ध हुने सम्भावनाले आर्थिक संकट निम्त्याउने अनुमान गरिएको छ। इन्धन, खाद्यान्न, औषधीजस्ता अत्यावश्यक वस्तुहरूमा अभाव सिर्जना हुने खतरा छ।
यसैबीच सुरक्षा विश्लेषकहरूले भारत–पाकिस्तान युद्धका कारण नेपालमा आतङ्कवादी गतिविधिको सम्भावना, शरणार्थी चाप तथा सीमा क्षेत्रमा असुरक्षा बढ्न सक्ने चेतावनी दिएका छन्। युद्धका बेला भारतमा रहेका लाखौँ नेपाली कामदार र विद्यार्थीहरू पनि संकटमा पर्न सक्ने अनुमान गरिएको छ।
कूटनीतिक क्षेत्रका जानकारहरूले युद्धको अवस्थामा नेपालले गम्भीर संतुलन र स्पष्ट निष्पक्षता देखाउनुपर्ने आवश्यकता औंल्याएका छन्। भारतसँगको भू–राजनीतिक निकटता र पाकिस्तानसँगको औपचारिक सम्बन्धका कारण नेपालले सजग कूटनीतिक भूमिका निर्वाह गर्नु अपरिहार्य हुने बताएका छन्।
सरकारले अहिले नै सम्भावित संकटको तयारी थाल्नुपर्ने र आपूर्ति व्यवस्थाको विकल्पहरूबारे योजना बनाउनुपर्ने जानकारहरु बताउँछन ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.