वार्ताको लागि हिडनुभन्दा अघि लेखे आन्दोलन जारी छ
काठमाडौं /१३ बैशाख
शिक्षक महासंघ अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सरकारसंग वार्ताको लागि हिडनुभन्दा अघि आन्दोलन जारी रहेको कुरा फेसबुकमा लेखेका छ्न ।
सरकार र आन्दोलनरत शिक्षक महासंघबीच शनिबार बिहान वार्ता हुँदैछ।वार्ताका लागि सरकारले बिहान साढे ७ बजेको समय तय गरेको छ।
महासंघका प्रतिनिधि अहिले वार्ताका लागि सिंहदरबारस्थित शिक्षा मन्त्रालय जाने तयारी गर्दैछन्।
वार्तामा जानुअघि महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन जारी रहने भन्दै नियमितझैँ बिहान ११ बजे माइतीघरमा भेला हुन शिक्षकहरूलाई आग्रह गरेका छन्। उनले निर्णायक र अन्तिम लडाइँ रहेको बताएका छन्।
‘हामी निर्णायक र अन्तिम लडाईंमा छौँ । यस्तो वेला नियमित भन्दा बढी बल लगाउनु पर्छ’, उनले लेखेका छन्।
सरकार र महासंघबीच शुक्रबार नै वार्ता तय भए पनि अन्तिम समयमा भाँडिएको थियो। शिक्षामन्त्री रघुजी पन्तको आह्वानका आधारमा वार्तामा बस्न शिक्षक महासंघको टोली गएको थियो। तर सिंहदरबार पुग्दा शिक्षक संघ–संगठनका २५ प्रतिनिधिको नाम जारी भएको देखेपछि महासंघको टोली फर्किएको थियो।



Comments are closed.