अष्ट्रेलियाको ब्रिसबनमा पहिलो पटक लाइभ दोहोरी हुँदै, चर्चित कलाकारहरुले प्रस्तुति दिने
ब्रिसबन । अष्ट्रेलियाको तेस्रो ठुलो शहर ब्रिसबनमा पहिलो पटक लाइभ दोहोरी हुने भएको छ । कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल अष्ट्रेलिया शाखाको, उपशाखा ब्रिसबनले आयोजना गर्न लागेको हो ।
नेपाली नयाँ बर्ष २०८१ को अवसर पारेर आयोजना हुन लागेको यस सांस्कृतिक कार्यक्रममा चर्चित राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिने भएका छन । कार्यक्रम यहि अप्रिल १२ मा ब्रिसबन स्थित स्ट्राथपाइन कम्युनिटि सेन्टरमा हुने आयोजक समितिका सदस्य तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, अष्ट्रेलिया शाखाका सचिव प्रकाश सापकोटाले समाचार विशेषलाई जानकारी गराउनुभयो ।
नेपाली नयाँ बर्षलाई सुमधुर बनाउन लोकदोहोरी प्रतिष्ठान नेपालका पुर्वकेन्द्रिय अध्यक्ष रमेश बिजि, लोकगायक मेक्सम खाती, लोकगायक अमृत सापकोटा, गायिका मधु क्षेत्री, गायिका कोपिला थापामगर लगायत ब्रिसबनका स्थानीय नेपाली कलाकारहरुले समेत प्रस्तुति दिने कार्यक्रम रहेको सचिव सापकोटाले बताउनुभयो ।
लोकदोहोरी प्रेमी आम सबैलाई सो कार्यक्रममा उपस्थित भैदिनहुन लोकगायक मेक्सम खातीले आफ्नो फेसबुक मार्फत अनुरोध गर्नुभएको छ ।
कार्यक्रममा निशुल्क प्रवेशको व्यवस्था गरिएको सस्थाका ब्रिसबन उपशाखा अध्यक्ष रमेश रोकाले बताउनुभयो ।
Comments are closed.