web analytics

ब्रिजवनमा NAQ ले दशैं कार्यक्रम गर्दै, ‘फुटबल दशैं म्याच’को आकर्षण

ब्रिजवन । अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा रहेको नेपालीहरुको संस्था ‘नेपाली एसोसिएसन अफ क्विन्सल्याण्ड (NAQ)’ ले विजया दशमीको अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ । २००६ मा स्थापना भएको नेपालीहरुको सबैभन्दा जेठो संस्था ‘NAQ’ले गत बर्षहरुमा जस्तै यस बर्ष पनि अक्टोबर ९ मा दशैं कार्यक्रम गर्ने भएको हो ।

हरेक नेपाली चार्डपर्वहरुमा विभिन्न कार्यक्रम आयोजना गर्दैआइरहेको ‘NAQ’ को नियमित कार्यक्रम ‘खसी म्याच’ यस बर्ष पनि दशै आकर्षक बन्ने भएको छ । कार्यक्रमलाई भव्य बनाउन क्सिन्सल्याण्डका विभिन्न फुटबल टिमले सहभागिता जनाउने छन । क्विन्सल्याण्ड राज्यमा रहेका नेपाली फुटबल क्लबहरु राईजिङ स्टार, गोर्खा एफसी, बिएनएफसी, एफवाइएफसी, सिम्रीक एफसी, र रातोसुर्य फुटबल क्लब लगायतले भाग लिँदैछन ।

दशै तिहार शुभकामना आदानप्रदान कार्यक्रमसंगै कार्यक्रममा विभिन्न सांगीतिक कार्यक्रमहरु समेत हुने भएका छन । यससंगै बच्चाहरुको फुटबल र दौडने कार्यक्रम हुनेछ । यस अवसरमा ‘क्रस कन्ट्री रन’ कार्यक्रमको समेत आयोजना हुने आयोजना समितिले जनाएको छ ।
कार्यक्रम ब्रेन्डल स्थित ‘साउथ पाइन स्पोर्ट्स कम्लेक्स’मा हुने छ । निशुल्क प्रवेशको व्यवस्था सहित निशुल्क चियापानको व्यवस्था हुने समितिले जनाएको छ । उल्लेख्य मात्रामा नेपाली समुदायको उपस्थिति रहने अनुमान गरिएको यस कार्यक्रममा नेपाली खाजा तथा खानेकुरा साना पसल समेत सञ्चालन हुनेछन ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.