web analytics

३ दिनका लागि ब्रिसबन लकडाउन ! शुक्रबार बेलुका ६ बजे सम्म अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह

अष्ट्रेलिया । अष्ट्रेलियाको ब्रिसबन सहर र आसपासका क्षेत्रहरुमा मंगलबार देखि ३ दिने लकडाउन हुने भएको छ । मंगलबार बेलुका ६ बजे देखि लागू हुने लकडाउन शुक्रबार बेलुका ६ बजे सम्मलाई तोकिएको क्विन्सल्यान्डकी प्रीमियर एनसटेजिया पालासेले बताएकी छन । आज बेलुका देखि सुरु हुने लकडाउनको समयमा अत्यावश्यक काम बाहेक बाहिर नहिड्न भनिएको छ ।

यसमा हेर्नुहोस 

अष्ट्रेलियामा कोरोना भाइरसको डेल्ट भेरियन्ट भाइरस पछिल्लो समय आक्रामक रुपमा फैलिएको छ । जसलाई सुरुमा इन्डियन भेरियन्ट भनिन्थ्यो ।

डेल्टा भेरेइएन्ट फैलन थालेपछि सिड्नीमा शनिबारदेखि १४ दिने लकडाउन शुरु भएको छ । सिड्नी, ब्ल्यु माउन्टेन्स, सेन्ट्रल कोष्ट र वोलोङगोङलगायतका क्षेत्रमा लकडाउन लागू गरिएको केन्द्र सरकारले जनाएको छ । त्यस्तै, अवस्था अनुसार अष्ट्रेलियाका अन्य प्रान्तहरुमा समेत लकडाउन भएका छन ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.