web analytics

पुनर्वासमा एन आई सी.एशिया लघुवित्तको वित्तीय जागरणको प्रभातफेरी कार्यक्रम सम्पन्न

 

कञ्चपुर, चैत्र ११
एन.आर्ई.सि. एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कञ्चनपुर जिल्लाको पुनर्वासमा वित्तीय जागरण अभियान तथा Global money week 2024 अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सनिवार सम्पन्न गरेको छ। संस्थाले पुनर्वास शाखा अन्तर्गतका १३९ जना समूह अध्यक्ष, सदस्य, अस्थायी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक मुकेश सिंह लगायतका अन्य प्रहरी समाजसेवी व्यक्ति, साथै शाखाका सम्पूर्ण कर्मचारीको उपस्थितिमा कार्यक्रम गरेको हो ।कार्यक्रमको अध्यक्षता यसै संस्थाको कलुवापुर उप प्रदेश कार्यालयका अनुगमन अधिकृत भुवनराज पाठकले गर्नु भएको थियो भने कार्यक्रमको संचालन पुनर्वास शाखाका शाखा प्रमुख भरत बहादुर नेगीले गर्नुभएको थियो । कार्यक्रम मा स्वागत मन्तव्य तथा कार्यक्रमको संक्षिप्त परिचय अनुगमन अधिकृत भुवनराज पाठकले जानकारी गराउनु भएको संस्थाले जनाएको छ । कार्यक्रममा वित्तीय जागरण सम्बन्धी नारा सहित पुनर्वास शाखा कार्यालय देखि आई बी आर डी बजार परिक्रमा गर्दै प्रभात फेरि र्याली गरी शाखा कार्यालय पुनर्वासको कार्यालयमा वित्तीय साक्षरता सम्बन्धी जानकारी मुलक कार्यक्रम सञ्चालन गरिएको थियो । सदस्यको गुनासो संकलन तथा समाधानको उपाय साथै कार्यक्रममा वित्तीय संस्थाले हाल बजारमा देखिएका विविध समस्या समाधानका लागि सामूहिक सहयोग, सामूहिक प्रयासमा सदस्यहरुको अहम भुमिका रहेको तथा यस्ता वित्तीय कार्यक्रम बाट त्यसका लागी सहयोग पुग्ने विश्वास अनुगमन प्रमुख पाठकले बताउनु भयो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.