web analytics

पुनर्वासको राम बस्तीमा आगामी चैत्र २४ देखि वडास्तरीय पुरुष तथा खुल्ला भेट्रान फूटबल प्रतियोगिता हुँदै

कञ्चनपुर, १२ चैत्र ।
पुनर्वासको राम बस्तीमा आगामी चैत्र २४ देखि वडास्तरीय पुरुष तथा खुल्ला भेट्रान फूटबल प्रतियोगिता हुने भएको छ । जेष्ठ नागरिक स्मृति तथा सम्मान कप नामाकरण गरिएको सो फुटबल प्रतियोगिता जेष्ठ नागरिकको सम्झना तथा सम्मानमा गर्न लागीएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियोे ।
पुनर्वास ३ खेलकुद विकास समितिको आयोजनामा हुन लागेको सो फुटबल प्रतियोगिता कालिका युवा क्लब र राम युवा क्लबले संयुक्त रुपमा गर्न लागेको हो ।
कालिका युवा क्लबका अध्यक्ष राम बहादुर तामाङ र राम युवा क्लबका अध्यक्ष भीम बहादुर पाख्रीन तामाङको संयुक्त सभापतित्वमा भएको पत्रकार सम्मेलनमा प्रमुख अतिथिको आसनमा पुनर्वास ३ का कार्यवाहक वडाध्यक्ष बम बहादुर तामाङ र विशिष्ट अतिथिको आसनमा कञ्चनपुर जिल्ला फुटबल संघका उपाध्यक्ष दाउत तामाङ हुनुहुन्थ्यो भने अतिथिको आसनमा कञ्चनपुर जिल्ला फुटबल संघका सदस्य सुक बहादुर तामाङ र वडा नम्बर ३ का जेष्ठ नागरिकहरु हुनुहुन्थ्यो ।
पत्रकार सम्मेलनमा बोल्दै राम युवा क्लबका अध्यक्ष भीम बहादुर पाख्रीन तामाङले यस फुटबल प्रतियोगिताको आयोजना गर्न स्वर्गवासी आमाबुबाको स्मृतिमा रु. ५००००/- पचासहजार आफ्नो परिवारको तर्फबाट सहयोग गरेको बताउनुहुँदै आगामी दिनमा कालिका युवा क्लब र राम युवा क्लब एकै भएर अगाडी बढने आशा राखेको बताउनुभयो । त्यसैगरी मन्तव्यको क्रममा
कञ्चनपुर जिल्ला फुटबल संघका उपाध्यक्ष दाउत तामाङले प्रतियोगिताको सफलताको शुभकामना दिदै आफुले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पत्रकार सम्मेलनमा जेष्ठ नागरिकहरुलाई खादा ओढाएर सम्मान गरिएको थियोे ।
प्रतियोगितामा भाग लिन ईन्ट्रि शुल्क रु. ५००० राखिएको, ईन्ट्रि गर्ते अन्तिम मिति २०८० चैत्र २२ गते साँझ ५:०० बजेसम्म रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियोे । त्यसैगरी
खेल तालिका २०८० चैत्र २३ गते साँझ ५:०० बजे सार्वजनिक गरीने बताईएको छ । प्रतियोगिताको उपाधी विजेतालाई प्रथम पुरस्कार रु. १,११,१११ र साथमा आकर्षक ट्रफि, प्रमाण-पत्र र मेडल प्रदान गरिनेछ भने उपविजेतालाई द्वितीय पुरस्कार रु. ६१,१११ र साथमा आकर्षक ट्रफि, प्रमाण-पत्र र मेडल प्रदान गरिनेछ ।
प्रतियोगिताको म्यान अफ द म्याचलाई रु.१,००० प्रदान गरीने जानकारी गराईएको थियोे ।
भेट्रान तर्फ उमेर हद २०८० चैत्र २३ गते ३९ वर्ष पूरा भएको हुनुपर्ने तथा ईन्ट्रि शुल्क रु. ५००० रहेको र
ईन्ट्रि गर्ते अन्तिम मिति २०८० चैत्र २२ गते साँझ ५:०० बजेसम्म रहेको छ । र
खेल तालिका सार्वजनिक २०८० चैत्र २३ गते साँझ ५:०० बजे हुने बताईएको छ ।
भेट्रान तर्फ प्रथम पुरस्कार रु. २१,१११र साथमा आकर्षक ट्रफि, प्रमाण-पत्र र मेडल प्रदान गरिनेछ भने द्वितीय पुरस्कारका रुपमा रु. ११,१११ र साथमा आकर्षक ट्रफि, प्रमाण-पत्र र मेडल प्रदान गरिनेछ । र म्यान अफ द म्याच रु.५,०० समेत प्रदान गरिने बताईएको छ । कार्यक्रमलाई क्लबका सचिव लालमन तामाङले सञ्चालन गर्नुभएको थियोे ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.