web analytics

श्री सिद्धनाथ विद्या निकेतनको १५औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

 

लाल बहादुर एस.के.
पुनर्वास, फागुन ८

पुनर्वास नगरपालिका–२ स्थित श्री सिद्धनाथ विद्या निकेतनको १५औं वार्षिकोत्सव समारोह बुधबार भव्य रूपमा सम्पन्न भएको छ।

उक्त समारोहका प्रमुख अतिथि पुनर्वास नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष डम्बर थापा रहनुभएको थियो। विशिष्ट अतिथिका रूपमा श्री सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन सुनार, वडा सदस्य पार्वती लुवार, तथा चर्चका प्रतिनिधि प्रदीप तामाङको उपस्थिति रहेको थियो। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुदत्त बडुको अध्यक्षतामा सञ्चालन भएको हो।

नवयुग विद्या निकेतनका संचालक तथा कार्यक्रम का विशिष्ट अतिथि भोजराज खरेलले पुनर्वासको शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण भुमिका निर्भाह गर्दै आएको र आफ्नो अत्यन्तै मिलनसार विद्यालय श्री सिद्धनाथ विद्या निकेतनको १५ वार्षिकोत्सवका सन्दर्भमा शुभकामना व्यक्त गर्नुभएको छ ।

यसैगरी विद्यालयका शिक्षिका जयलक्ष्मी जोशी र ईश्वरी पन्त र विद्यार्थी खुस्बु , आशिका चन्दको स्वरमा वाद्यवादमा नरविक सिंह धामी र हरि सिंह साउद (अभिभावक )को सहयोगमा मौलिक रचनामा रचित स्वागत गीतले अतिथिगण र अभिभावक लगायत सम्पुर्ण लाई स्वागत गर्नुभएको थियो

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डम्बर थापाले विद्यालयको उज्ज्वल भविष्यको कामना गर्दै विद्यार्थीलाई अझै गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय परिवारलाई आग्रह गर्नुभयो।

त्यस्तै, विशिष्ट अतिथि गगन सुनारले वर्तमान समयमा शिक्षाको आवश्यकता झनै बढ्दो रहेको उल्लेख गर्दै तीनै तहका सरकारहरूले शिक्षाको गुणस्तर सुधार्न ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो।

विद्यालयका सहायक प्रधानाध्यापक कृष्ण भुलले विद्यार्थी, अभिभावक र विद्यालयबीचको समन्वयले मात्र शैक्षिक गुणस्तरमा सुधार आउने धारणा व्यक्त गर्नुभयो।

विद्यालयका प्रधानाध्यापक अमराज जोशीले विद्यालयका हालका गतिविधिहरू तथा विद्यार्थीको शैक्षिक प्रगति सम्बन्धी जानकारी गराउँदै विद्यालयमा हाल ३६० विद्यार्थी र १८ जना कर्मचारी रहेको जानकारी दिनुभयो। साथै, विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि विद्यालय निरन्तर मेहनत गरिरहेको बताउनुभयो।

कार्यक्रमका दौरान विद्यालयको चौतर्फी विकासमा योगदान पुर्याउने अभिभावकहरू प्रदीप तामाङ, अनिता बोम्जन, सुनमाया तामाङ र धनमाया तामाङलाई दोसल्ला ओढाई मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो। उक्त सम्मान विद्यालय सञ्चालक यज्ञराज पन्तले प्रदान गर्नुभएको थियो।

कार्यक्रमको सञ्चालन विद्यालयकी छात्रा अनुजा तामाङले गर्नुभएको थियो।

यसै अवसरमा विद्यालयका विद्यार्थीहरूले विविध भेषभूषामा लोक नृत्य, नाटक, गजल, हार्मोनियमलगायतका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी कार्यक्रमलाई मनोरञ्जनात्मक र भव्य बनाएका थिए।

त्यस्तै, यस क्षेत्रका विद्यालयहरूबीच हुने राष्ट्रपति रनिङ शिल्ड अन्तर विद्यालय खेलकुद प्रतियोगिता तथा नगरपालिकाले आयोजना गरेका विभिन्न खेलकुद प्रतियोगिताहरू प्लान्ट सुटआउट, कबड्डी, भलिबल, फुटबल, दौड लगायतका खेलमा यस विद्यालयका विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ।

त्यस्तै, वार्षिकोत्सव समारोहकै अवसरमा विद्यालयकी छात्रा बेबीका थापाले ‘आमाको माया’ विषयमा भावुक अभिव्यक्ति राख्दै आमाको संस्कार, आमाको माया र सन्तानप्रतिको चिन्ता सम्बन्धी आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो।

विद्यालय परिवार, अभिभावक, विद्यार्थी तथा स्थानीय समुदायको उत्साहजनक उपस्थितिमा वार्षिकोत्सव समारोह सफलतापूर्वक सम्पन्न भएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.